Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

इजिप्टको सबैभन्दा पुरानो यहूदी मन्दिर जीर्णोद्धारपछि खुल्ला


१५ भदाै, एजेन्सी । इजिप्टको सबैभन्दा पुरानो यहूदी मन्दिर जीर्णोद्धारपछि सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।

इजिप्टका प्रधानमन्त्री मुस्तफा मादबोउलीले बिहीबार देशकै सबैभन्दा पुरानो यहुदी मन्दिर बेन एज्रा सिनेगोगको जीर्णोद्धारपछि उद्घाटन गरेको इजिप्टको पर्यटन तथा पुरातात्विक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहूदी विद्वान तथा दार्शनिक अब्राहम बेन एज्राको नामबाट नामाकरण गरिएको सभाघर १२ औं शताब्दीमा सुरु भएको र सन् १८९० को दशकमा पुनः निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।

कुनै समय इजिप्टमा यहूदी उत्सव, जमघट र प्रार्थनाको केन्द्रको रूपमा रहेको यो मन्दिर सन् १९५० को दशकमा अधिकांश यहूदी समुदायले छोडेपछि पर्यटकको आकर्षणको रूपमा परिणत भएको छ ।

जीर्णोद्धार कार्यमा पर्खालहरूको लागि सावधानीपूर्वक वास्तुकला जीर्णोद्धार कार्य, छत र प्रकाश प्रणालीको रखरखाव समावेश छ, विज्ञप्तिमा भनिएको छ ।

इजिप्टमा यहूदी समुदायहरूको सामाजिक जीवनझल्कने पुस्तकहरू र कागजातहरूको महत्वपूर्ण सङ्ग्रहको साथ, मन्दिरले समकालीन यहूदी इतिहासमा पर्याप्त महत्व राख्दछ ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?