Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

घट्यो हेटौँडा सिमेन्टको मूल्य


१२ भदाै, काठमाडाैँ । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।

उद्योगले मूल्य घटाएर ५० केजी तौल बोराको सिमेन्टको कारखानाद्वारा ६४९ रुपियाँ ७५ पैसा बनाएको छ । घटाएको मूल्य आइतबारबाट लागू भएको उद्योगले जनाएको छ । उक्त मूल्यमा उद्योगले ५६४ रुपियाँ मात्र पाउने छ भने बाँकी सरकारलाई करमा जाने छ । यसअघि हेटौँडा सिमेन्ट उद्योगको सिमेन्टको कारखानाद्वारा मूल्य ७०१ रुपियाँ ७३ पैसा रहेको थियो । उद्योगले शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगको सिमेन्ट उत्पादन जडित क्षमता वार्षिक २६ लाख टन रहेकोमा छ । तर पछिल्लो समय उत्पादन क्षमता घट्नुका साथै उद्योग नोक्सानीमा चल्दै आएको छ । २०३३ असोज १३ मा स्थापना भएको उद्योग निर्माणपछि आर्थिक वर्ष २०४२-०४३ बाट उत्पादन सुरु गरेको थियो ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?