Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेको आचरण सुधार नगर्ने हजारौँलाई सजाय


१२ भदाै, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधारका आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा हजारौँलाई दण्ड दिइएको छ । अनुशासन कायम नगरेको अभियोगमा गत महिना ११ हजार छ सय ७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले आज जनाएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोग र सुपरिवेक्षणको राष्ट्रिय आयोगले जारी गरेको विज्ञप्तिअनुसार सरकारी सेवाका आठ हजार एक सय ५७ अनियमितताका मामिलामा संलग्न आठ हजार ५३ जनालाई अनुशासनको कारवाही गरिएको हो ।

कर्मचारीतन्त्रलाई कर्मचारीको हितका निम्ति मात्र अधिक उपयोग गरेका पाच हजार चार सय ५७ जना र आमोदप्रमोद एवं सुखसुविधामा आफूलाई केन्द्रित गरेका छ हजार दुई सय जनालाई सजाय दिइएको विज्ञप्तिमा जनाइएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?