Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

फुकुशिमा विषयमा अफवाह फैलाइएको भन्दै चिनियाँ राजदूतसँग जापानको सोधपुछ


११ भदाै, एजेन्सी । जापानले फुकुशिमा आणविक ऊर्जा केन्द्रबाट पानी छोडेपछि स्थानीय व्यवसायीलाई चीनले गरेको आह्वानको विरोधमा सोमबार चिनियाँ राजदूतसँग सोधपुछ गरेको छ ।

उपविदेशमन्त्री मासाटाका ओकानोले राजदूत वु जियाङहाओलाई चीनले ‘वैज्ञानिक प्रमाणमा आधारित नभएको सूचना उपलब्ध गराएर अनावश्यक रूपमा जनताको चिन्ता उठाउनुको साटो जनतालाई उचित जानकारी दिनुपर्ने’ बताएका छन् ।

टोकियो र संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले जापानले फुकुशिमा प्लान्टबाट चिसो पानी छोड्न थालेपछि गत साता चीनले आफ्नो छिमेकी मुलुकबाट आयात हुने सबै समुद्री खानामा प्रतिबन्ध लगाएको थियो ।

त्यसयता बेकरीदेखि एक्वेरियमसम्मका जापानी व्यवसायहरूले चिनियाँ नम्बरहरूबाट कहिलेकाहीं अपमानजनक ‘क्रैङ्क कल’हरू प्राप्त गरेका जापानी अधिकारीले बताएका छन् ।

चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यी कलहरूको रेकर्डिङ र भिडियोहरू पोस्ट गरेका छन्, जसमध्ये केहीले दशौं हजार लाइक र ठूलो सङ्ख्यामा टिप्पणीहरू आकर्षित गरेका छन् ।

“फुकुशिमाको पानी समुद्रमा छोड्न सुरु भएदेखि नै यस बारेमा धेरै फोन कलहरू र अन्य उत्पीडनहरू भएका छन् जुन चीनबाट सम्प्रेषित भएको आशङ्का गरिएको छ । त्यसयता स्थितिमा सुधार आएको छैन,” ओकानोले वुसँग भने।

उनले भने, “चीनमा पनि जापानसँग सम्बन्धित सुविधाविरुद्ध यस्ता थुप्रै घटना भइरहेका छन् । यो अत्यन्त खेदजनक छ र हामी गम्भीरपमा चिन्तित छौं,” विज्ञप्तिमा भनिएको छ ।

जापानको दूतावासले चीनमा रहेका दशौं हजार जापानीलाई लो प्रोफाइल राख्न र सार्वजनिक स्थलमा चर्को स्वरमा नबोल्न आग्रह गरेको छ ।

दूतावासले सोमबार चीनस्थित जापानी विद्यालय र कूटनीतिक नियोगबाहिर सुरक्षा व्यवस्था बढाएको जनाएको छ ।

जापानी सञ्चारमाध्यमका अनुसार जापानी विद्यालयमा ढुङ्गा र अण्डा फ्याँकिएका थुप्रै घटना भएका छन् ।

सुनामीले विश्वको सबैभन्दा खराब आणविक दुर्घटनामध्ये एकमा तीन रिएक्टरहरू ध्वस्त पारेको १२ वर्षपछि जापानले फुकुशिमाबाट ५०० भन्दा बढी ओलम्पिक स्विमिङ पुलको क्षमता बराबरको पानी प्रशान्त महासागरमा छोड्न सुरु गरेको छ । प्लान्ट अपरेटर टेप्कोका अनुसार ट्रिटियमबाहेक सबै रेडियोधर्मी तत्वहरू फिल्टर गरिएको छ, जसको स्तर सुरक्षित सीमाभित्र छ ।

जापानी अधिकारीहरूका अनुसार फुकुसिमा प्लान्टको पानी छोड्न सुरु भएदेखि परीक्षणको नतिजाले यो पुष्टि गरेको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?