Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

इलेक्ट्रिक कार कम्पनी एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने


११ भदाै, एजेन्सी । चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ ।

सन् २०१५ मा दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको एक्सपेङ विश्वको सबैभन्दा ठूलो कार बजारमा विद्युतीय सवारी साधनमा आएको उछालको फाइदा उठाउन हालैका वर्षहरूमा उदाएका दर्जनौं चिनियाँ कम्पनीमध्ये एक हो ।

दिदी चीनको अग्रणी कार–हेलिङ्ग एप हो जसले विद्युतीय सवारी डिजाइन गर्ने सहायक कम्पनी पनि सञ्चालन गर्दछ ।

हङकङ स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार एक्सपेङले दिदीसँग ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सहायक कम्पनी किन्ने सम्झौता गरेको हो । यसले दीदीसँग साझेदारी गर्दै अर्को वर्ष नयाँ ब्रान्डको विद्युतीय कारहरू बजारमा ल्याउनेछ ।

चिनियाँ स्टक बजारले सम्झौताको स्वागत गरेको छ । जसले चिनियाँ निर्मातालाई सम्भावित प्रतिस्पर्धीलाई हटाउन र यसको उन्नत प्रविधिमा पहुँच प्राप्त गर्न अनुमति दिन्छ । एक्सपेङको शेयर सोमबार बिहान करिब १३ प्रतिशतले बढेको छ ।

सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू रहेको यस कम्पनीले युरोपमा पनि आफ्ना केही उत्पादनहरूको बजारीकरण गर्छ र करिब १४ हजार ४०० मानिसहरूलाई रोजगार दिँदै आएको छ । सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू छन् ।

एक्सपेङले सन् २०२३ को पहिलो छ महिनामा ४१ हजार ४३५ वटा गाडी बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो ।

हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वकै सबैभन्दा ठूलो देश चीनले सन् २०३५ सम्ममा अधिकांश कार बिक्री विद्युतीय र हाइब्रिड बनाउने लक्ष्य राखेको छ ।

बीवाईडी, नियो, एक्सपेङ र अन्य फर्मजस्ता कम्पनीहरूद्वारा सञ्चालित उदार खरीद अनुदानले हालैका वर्षहरूमा विद्युतीय सवारी साधानको उत्पादनमा उछाल ल्याएको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?