Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

रूसी अनुसन्धानकर्ताले पुष्टि गरे वाग्नरका प्रमुख प्रिगोजिनको मृत्यु


११ भदाै, एजेन्सी । वाग्नर अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको रूसको अनुसन्धान समितिले आइतबार जनाएको छ ।

छानबिन समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भन्नुभयो,“टिवर क्षेत्रमा भएको विमान दुर्घटनाको अनुसन्धानको एक भाग आणविक–आनुवंशिक परीक्षण पूरा भएको छ । नतिजाअनुसार रूसी विमान दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ । उनीहरू फ्लाइट लिस्टमा उल्लेखित सूचीसँग मिल्दोजुल्दो छन्,” उनले भने ।

दुर्घटनाग्रस्त एम्ब्रेयर प्राइभेट जेटमा रहेका अन्य नौ जनामध्ये वाग्नरको अपरेशनको व्यवस्थापन गर्ने र रुसी सैन्य गुप्तचर निकायमा काम गर्ने एक छायाँदार व्यक्ति दिमित्री उत्किन पनि थिए । वाग्नरले मस्कोको सैन्य नेतृत्वविरुद्ध विद्रोह गरेको ठीक दुई महिनापछि क्रेमलिनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूका लागि घटनालाई ‘दुःखद’ भन्दै सम्भावित दुष्प्रचारको अफवाहलाई ‘सरासर झूट’ भनेका छन् ।

रूसी अधिकारीहरूले दुर्घटनापछि हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अन्यथा सम्भावित कारणको बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?