Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

रूसी अनुसन्धानकर्ताले पुष्टि गरे वाग्नरका प्रमुख प्रिगोजिनको मृत्यु


११ भदाै, एजेन्सी । वाग्नर अर्धसैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनको बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएको औपचारिक आनुवंशिक विश्लेषणबाट पुष्टि भएको रूसको अनुसन्धान समितिले आइतबार जनाएको छ ।

छानबिन समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भन्नुभयो,“टिवर क्षेत्रमा भएको विमान दुर्घटनाको अनुसन्धानको एक भाग आणविक–आनुवंशिक परीक्षण पूरा भएको छ । नतिजाअनुसार रूसी विमान दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ । उनीहरू फ्लाइट लिस्टमा उल्लेखित सूचीसँग मिल्दोजुल्दो छन्,” उनले भने ।

दुर्घटनाग्रस्त एम्ब्रेयर प्राइभेट जेटमा रहेका अन्य नौ जनामध्ये वाग्नरको अपरेशनको व्यवस्थापन गर्ने र रुसी सैन्य गुप्तचर निकायमा काम गर्ने एक छायाँदार व्यक्ति दिमित्री उत्किन पनि थिए । वाग्नरले मस्कोको सैन्य नेतृत्वविरुद्ध विद्रोह गरेको ठीक दुई महिनापछि क्रेमलिनको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूका लागि घटनालाई ‘दुःखद’ भन्दै सम्भावित दुष्प्रचारको अफवाहलाई ‘सरासर झूट’ भनेका छन् ।

रूसी अधिकारीहरूले दुर्घटनापछि हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अन्यथा सम्भावित कारणको बारेमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?