Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

उत्तर कोरियाली नागरिकका लागि सीमा खुला : केसीएनए


११ भदाै, एजेन्सी । महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको छ ।

महामारीविरोधी सीमा नियन्त्रणका उपायहरूलाई विश्वका अन्य मुलुकहरूले यस पहिले नै सहज बनाइसकेका छन् ।

“विदेशमा रहेका नागरिकलाई स्वदेश छिर्न सहज बनाउने यो एक प्रमुख कदम हो,” अधिकारीलाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले आइतबार जनाएको छ ।

राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले शनिबार एक घोषणा जारी गर्दै विश्वव्यापी महामारीको अवस्थालाई ध्यानमा राख्दै विदेशमा रहेका उत्तर कोरियाली नागरिकहरुलाई ‘घर फर्कन अनुमति दिइएको’ बताएको छ ।

स्वदेश फर्केकालाई एक सातासम्म क्वारेन्टिनमा राखेर उचित चिकित्सकीय निगरानीमा राखिनेछ । सन् २०२० को सुरुमा कोभिड–१९ महामारी सुरु भएयता सीमा नियन्त्रणलाई कडाइका साथ लागू गर्ने पहिलो मुलुकमध्ये उत्तर कोरिया पनि एक हो ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?