Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

उत्तर कोरियाली नागरिकका लागि सीमा खुला : केसीएनए


११ भदाै, एजेन्सी । महामारीलाई मध्यनजर गर्दै लगाइएका प्रतिबन्ध फुकुवा गर्दै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले विदेशमा रहेका आफ्ना नागरिकका लागि आफ्नो सीमा खुला गरेको छ ।

महामारीविरोधी सीमा नियन्त्रणका उपायहरूलाई विश्वका अन्य मुलुकहरूले यस पहिले नै सहज बनाइसकेका छन् ।

“विदेशमा रहेका नागरिकलाई स्वदेश छिर्न सहज बनाउने यो एक प्रमुख कदम हो,” अधिकारीलाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले आइतबार जनाएको छ ।

राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले शनिबार एक घोषणा जारी गर्दै विश्वव्यापी महामारीको अवस्थालाई ध्यानमा राख्दै विदेशमा रहेका उत्तर कोरियाली नागरिकहरुलाई ‘घर फर्कन अनुमति दिइएको’ बताएको छ ।

स्वदेश फर्केकालाई एक सातासम्म क्वारेन्टिनमा राखेर उचित चिकित्सकीय निगरानीमा राखिनेछ । सन् २०२० को सुरुमा कोभिड–१९ महामारी सुरु भएयता सीमा नियन्त्रणलाई कडाइका साथ लागू गर्ने पहिलो मुलुकमध्ये उत्तर कोरिया पनि एक हो ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?