Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा हरियाली


५ भदाै, काठमाडाैँ । यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो । विभिन्न दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर ३४ हजार पाँच सय आठ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ बराबरको कारोबार भएको छ । एक सय ८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह एक सय २२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अङ्कले बढेका छन् । बैंकिङ चार दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अङ्कले बढेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५९, जीवन बीमा ५० दशमलव ०५, लघुवित्त १६ दशमलव ५१, व्यापार १६ दशमलव ७२ र अन्य समूहको उपसूचक २१ दशमलव ७४ अङ्कले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा चार दशमलव ४२ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर रु २८ करोड ५९ लाख १९ हजार छ सय छ बराबरको दुई लाख ५३ हजार दुई सय ६२ कित्ता किनबेच भएको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?