Trending
>>   ‘खराब व्यवस्था फाल्नुपर्छ, संकटमै चुनाव अनुचित’ : पूर्वराजा ज्ञानेन्द्र >>   देश र मधेस दुवै पीडामा छन्, : काँग्रेस उपसभापति शर्मा >>   निजी क्षेत्रको २ खर्ब लगानी जोखिममाः ३६ हजार मेगावाटका लाइसेन्स र नीतिगत अन्योलबारे इप्पानको चिन्ता >>   अब कसैले पनि नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैनः सभापति थापा >>   आसन्न निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँः रवि लामिछाने >>   देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा >>   भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस् : बालेन >>   कुशासन र बेथितिको सटर अब सधैंका लागि बन्द हुन्छ: रवि लामिछाने >>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

भारतीय बाँधमा फसेका १० जनाको सकुशल उद्धार


४ भदाै, एजेन्सी । भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो ।

अधिकारीहरुका अनुसार फसेका मानिसहरुको उद्धारका लागि तत्काल प्रयास सुरु गरिएको थियो र स्थानीय समयअनुसार सोमबार बिहान तीन बजेतिर उद्धार कार्य सम्पन्न भएको छ ।

भारतको विपद् प्रतिकार्य एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “वन विभागका अधिकारीसहित १० जना सवार मोटरबोट मण्डीको कोल्दाम हाइड्रोपावर स्टेसनमा फसेको थियो ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले प्राधिकरणको स्टिमरको सहयोगमा डुङ्गालाई बाँध बाहिर निकालेको छ र उनीहरूलाई सकुशल उद्धार गरेको छ ।”

गत साता हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको पहिरो, अचानक आएको बाढी र घर भत्किँदा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । लगातारको वर्षाका कारण केही बाँधमा पानीको सतह पनि बढेको छ । यस वर्षको मनसुनी वर्षाले राज्यमा आतङ्क मच्चाएको छ ।

हिमाञ्चल प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जुन २४ देखि आइतबार साँझसम्म राज्यभर वर्षासँग सम्बन्धित घटनामा ३४१ जनाको मृत्यु भएको छ भने ३२७ जना घाइते भएका छन् । यसबाहेक अन्य ३८ जना बेपत्ता भएका छन् ।

यसैबीच भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी दुई दिन उत्तराखण्ड, हिमाचल प्रदेश र उत्तरपश्चिम उत्तर प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?