Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

भारतीय बाँधमा फसेका १० जनाको सकुशल उद्धार


४ भदाै, एजेन्सी । भारतको उत्तरी राज्य हिमाञ्चल प्रदेशमा बाँधको जलाशयमा फसेका १० जनालाई सोमबार बिहान उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ९४ किलोमिटर उत्तरमा पर्ने मण्डी जिल्लाको कोल्दाम जलविद्युत परियोजना जलाशयमा आइतबार साँझ उनीहरु चढेको डुङ्गा फसेको थियो । लगातारको वर्षाका कारण बाँधको जलाधार क्षेत्रमा पानीको बहाव बढेको हो ।

अधिकारीहरुका अनुसार फसेका मानिसहरुको उद्धारका लागि तत्काल प्रयास सुरु गरिएको थियो र स्थानीय समयअनुसार सोमबार बिहान तीन बजेतिर उद्धार कार्य सम्पन्न भएको छ ।

भारतको विपद् प्रतिकार्य एजेन्सीले एक विज्ञप्तिमा भनेको छ, “वन विभागका अधिकारीसहित १० जना सवार मोटरबोट मण्डीको कोल्दाम हाइड्रोपावर स्टेसनमा फसेको थियो ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) ले प्राधिकरणको स्टिमरको सहयोगमा डुङ्गालाई बाँध बाहिर निकालेको छ र उनीहरूलाई सकुशल उद्धार गरेको छ ।”

गत साता हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको पहिरो, अचानक आएको बाढी र घर भत्किँदा ७० जनाभन्दा बढीको मृत्यु भएको थियो । लगातारको वर्षाका कारण केही बाँधमा पानीको सतह पनि बढेको छ । यस वर्षको मनसुनी वर्षाले राज्यमा आतङ्क मच्चाएको छ ।

हिमाञ्चल प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जुन २४ देखि आइतबार साँझसम्म राज्यभर वर्षासँग सम्बन्धित घटनामा ३४१ जनाको मृत्यु भएको छ भने ३२७ जना घाइते भएका छन् । यसबाहेक अन्य ३८ जना बेपत्ता भएका छन् ।

यसैबीच भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी दुई दिन उत्तराखण्ड, हिमाचल प्रदेश र उत्तरपश्चिम उत्तर प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?