Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

युक्रेनी राष्ट्रपति जेलेन्स्की डेनमार्क भ्रमणमा, एफ–१६ विमानको स्थानान्तरणबारे छलफल गर्ने


४ भदाै, एजेन्सी । डेनमार्क र नेदरल्याण्ड्सले अमेरिकानिर्मित एफ–१६ लडाकू विमान कीएभमा स्थानान्तरण गर्न वासिङ्टनले स्वीकृति दिएको दुई दिनपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आइतबार दक्षिणी डेनमार्कस्थित वायु सेनाको एउटा आधारशिविरमा अवतरण गरेका छन् ।

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटले विमान हस्तान्तरण गर्ने बिषयमा स्वीकृति दिएपछि जेलेन्स्की स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे स्क्रिडस्ट्रप आइपुगेका हुन् ।

उनलाई डेनमार्कका प्रधानमन्त्री मेट फ्रेडरिकसन, विदेशमन्त्री लार्स लोक्के रासमुसेन र रक्षामन्त्री ज्याकोब एलेमान जेन्सेनले स्वागत गरेका थिए ।

डेनिस प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारीअनुसार भ्रमणमा उनीहरूले एफ–१६ विमानको परीक्षण गर्ने साथै युक्रेनी पाइलट प्रशिक्षण सुरु गर्नेबारे छलफल गर्नेछन् ।

“युक्रेनलाई आवश्यकता अनुसार पूर्ण सहयोग र समर्थन गर्दछ,” फ्रेडरिकसनले जेलेन्स्कीको आगमन र आइतबार पछि संयुक्त पत्रकार सम्मेलनमा भने ।

जेलेन्स्कीले टेलिग्राम मेसेजिङ साइटमार्फत पठाएको एक सन्देशमा भने, “हामी युक्रेनी योद्धाहरूका लागि थप राम्रो समाचार तयार गर्दैछौं । एफ–१६ बिषयलाई अगाडि बढिरहेका छौं ।”
उहाँले नेदरल्यान्ड्स र डेनमार्कले एफ–१६ विमान किभलाई हस्तान्तरण गर्ने निर्णयलाई ‘ऐतिहासिक’ भनेका छन् ।

डेनिस रक्षामन्त्रीले एक वक्तव्य जारी गर्दै आफ्नो देश र नेदरल्याण्ड्सले ‘रुसविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँ र रूसको मूर्खतापूर्ण आक्रामकताका लागि’ लडाकु विमानदान गरेकोमा गर्व व्यक्त गरेका छन् ।

“युक्रेनका लागि डेनमार्कको समर्थन अटुट छ र एफ–१६ विमानको सहयोगले डेनमार्कले अगाडिको बाटो देखाइरहेको छ,” एलेमान–जेन्सेनले भने ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?