Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैङ्क खाताबारे अनुसन्धान गरिने


२ भदाै, एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उनकी पत्नी मिचेलले गहना र अन्य सरकारी उपहारहरू हिनामिना गरेको आरोपमा प्रहरीलाई बैङ्क रेकर्डमा पहुँचका लागि अनुमति दिएका छन् ।

बोल्सोनारो र उहाँका पूर्व सहयोगीहरूले आफ्नो कार्यकालमा साउदी अरेबिया र बहराइनजस्ता देशहरूबाट प्राप्त महँगा वस्तुहरू अवैध रूपमा राख्न र बेच्ने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले सङ्घीय प्रहरीलाई बोल्सोनारोको ब्राजिलमा रहेको बैङ्क र करसम्बन्धी रेकर्डको अनुसन्धान गर्न र संयुक्त राज्य अमेरिकामा उनीहरूको बैङ्क र कर रेकर्डमा पहुँचका लागि अनुरोध गर्न अधिकार दिएको समाचार संस्था जी–१ लगायत ब्राजिली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सर्वोच्च अदालत र सङ्घीय प्रहरीसँग एएफपीले उक्त बिषयमा तत्काल प्रतिक्रियाका लागि अनुरोध गरेपनि कसैले प्रतिक्रिया दिन तयार भएनन् ।

बोल्सोनारो (२०१९–२०२२) आफ्नो कार्यकाल समाप्त हुनुभन्दा दुई दिन अघि ब्राजिलबाट संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए । आफ्ना उत्तराधिकारी, अनुभवी वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको जनवरी १ को शपथलाई बेवास्ता गर्दै उनि अमेरिका गएका थिए । निर्बाचनमा सिल्भाले गत अक्टोबरमा बोल्सोनारोलाई पराजित गरेका थिए ।

अमेरिकामा बोल्सोनारोका सहयोगीहरूले विदेशी सरकारहरूबाट विभिन्न बहुमूल्य उपहारहरू बेचेको वा बेच्ने प्रयास गरेको आरोप लगाइएको छ ।

गत साता मोरेसले अनुसन्धानका क्रममा बोल्सोनारोका सहयोगीहरूको घरमा प्रहरीले छापा मार्ने आदेश दिएका थिए ।

बोल्सोनारोले गत अप्रिलमा प्रहरीले सोधपुछको सामना गर्न आदेश दिएपछि आफुले कुनै गल्ती नगरेको भन्दै सबै आरोपको खण्डन गरेका थिए ।

मार्चमा ब्राजिल फर्केका ‘ट्रपिकल ट्रम्प’ भनिने यी राजनीतिज्ञले थुप्रै कानुनी समस्याको सामना गर्नुपरेको छ ।

निर्वाचन प्रणालीमा व्यापक धाँधली भएको अप्रमाणित दाबीका कारण निर्वाचन अधिकारीहरूले उहाँलाई आठ वर्षका लागि राष्ट्रपतिपदका लागि चुनाव लड्न प्रतिबन्ध लगाएका छन् ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?