Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैङ्क खाताबारे अनुसन्धान गरिने


२ भदाै, एजेन्सी । ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उनकी पत्नी मिचेलले गहना र अन्य सरकारी उपहारहरू हिनामिना गरेको आरोपमा प्रहरीलाई बैङ्क रेकर्डमा पहुँचका लागि अनुमति दिएका छन् ।

बोल्सोनारो र उहाँका पूर्व सहयोगीहरूले आफ्नो कार्यकालमा साउदी अरेबिया र बहराइनजस्ता देशहरूबाट प्राप्त महँगा वस्तुहरू अवैध रूपमा राख्न र बेच्ने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डी मोरेसले सङ्घीय प्रहरीलाई बोल्सोनारोको ब्राजिलमा रहेको बैङ्क र करसम्बन्धी रेकर्डको अनुसन्धान गर्न र संयुक्त राज्य अमेरिकामा उनीहरूको बैङ्क र कर रेकर्डमा पहुँचका लागि अनुरोध गर्न अधिकार दिएको समाचार संस्था जी–१ लगायत ब्राजिली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सर्वोच्च अदालत र सङ्घीय प्रहरीसँग एएफपीले उक्त बिषयमा तत्काल प्रतिक्रियाका लागि अनुरोध गरेपनि कसैले प्रतिक्रिया दिन तयार भएनन् ।

बोल्सोनारो (२०१९–२०२२) आफ्नो कार्यकाल समाप्त हुनुभन्दा दुई दिन अघि ब्राजिलबाट संयुक्त राज्य अमेरिका प्रस्थान गरेका थिए । आफ्ना उत्तराधिकारी, अनुभवी वामपन्थी लुइज इनासियो लुला डा सिल्भाको जनवरी १ को शपथलाई बेवास्ता गर्दै उनि अमेरिका गएका थिए । निर्बाचनमा सिल्भाले गत अक्टोबरमा बोल्सोनारोलाई पराजित गरेका थिए ।

अमेरिकामा बोल्सोनारोका सहयोगीहरूले विदेशी सरकारहरूबाट विभिन्न बहुमूल्य उपहारहरू बेचेको वा बेच्ने प्रयास गरेको आरोप लगाइएको छ ।

गत साता मोरेसले अनुसन्धानका क्रममा बोल्सोनारोका सहयोगीहरूको घरमा प्रहरीले छापा मार्ने आदेश दिएका थिए ।

बोल्सोनारोले गत अप्रिलमा प्रहरीले सोधपुछको सामना गर्न आदेश दिएपछि आफुले कुनै गल्ती नगरेको भन्दै सबै आरोपको खण्डन गरेका थिए ।

मार्चमा ब्राजिल फर्केका ‘ट्रपिकल ट्रम्प’ भनिने यी राजनीतिज्ञले थुप्रै कानुनी समस्याको सामना गर्नुपरेको छ ।

निर्वाचन प्रणालीमा व्यापक धाँधली भएको अप्रमाणित दाबीका कारण निर्वाचन अधिकारीहरूले उहाँलाई आठ वर्षका लागि राष्ट्रपतिपदका लागि चुनाव लड्न प्रतिबन्ध लगाएका छन् ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?