Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

हाइटीमा दुई प्रहरीसहित ३० जना मारिए


१ भदाै, काठमाडाैँ । मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । आक्रमणमा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय मानव अधिकार समूह नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार राजधानी शहरको क्यारेफोर–फ्युइलेस र आसपासका घरमा आक्रमणसँगै आगो लगाउँदा र दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

छिमेक गिरोहहरूको लागि एक रणनीतिक क्षेत्र हो, जसले हाइटीको राजधानी पोर्टआँेप्रिन्सको ८० प्रतिशत भूभागमा यिनै आपराधिक समूहको नियन्त्रण छ । फिरौतीको लागि अपहरण, बलात्कार र सशस्त्र चोरी, मोटरमालिक वा चालकलाई धम्क्याएर गाडीको चोरी तथा हिंसात्मक अपराध यहाँ सामान्य मानिन्छन् ।

दुई समूहबीच भएको झडपका क्रममा आफ्नो घरमा आक्रमण हुँदा पोर्टआँेप्रिन्स निवासी डोमिनिक चाल्र्सले आफ्नी आमा, सौतेनी बुबा, १८ वर्षीय छोरा, दुई बहिनी र एक जना भाइ गुमाएको बताइन् । आफू भने भागेर बाँच्न सफल भएको उनले जनाइन् ।

पछिल्ला दिनमा यहाँ हिंसाका घटना बढेपछि पाँच हजार बासिन्दा पलायन भएका छन् । विस्थापितमध्ये केहीले विद्यालय वा स्थानीय खेलकुद केन्द्रमा शरण लिएका छन्भने अन्य विस्थापित सडकमा नै गुजारा गरिरहेका छन् । उनीहरूलाई सरकारी अधिकारीहरूले खाना र पानीको व्यवस्था गरेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?