Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

हाइटीमा दुई प्रहरीसहित ३० जना मारिए


१ भदाै, काठमाडाैँ । मानवीय, राजनीतिक र सुरक्षा सङ्कटले नराम्रोसँग गाँजेको क्यारिबियन मुलुक हाइटीमा दुई आपराधिक समूहबीच भएको झडपमा दुई जना प्रहरीसहित ३० जना मारिएका छन् । आक्रमणमा १२ जनाभन्दा बढी घाइते भएका छन् ।

स्थानीय मानव अधिकार समूह नेशनल ह्युमन राइट्स डिफेन्स नेटवर्कका अनुसार राजधानी शहरको क्यारेफोर–फ्युइलेस र आसपासका घरमा आक्रमणसँगै आगो लगाउँदा र दुई प्रहरी अधिकारीको पनि मृत्यु भएको छ ।

छिमेक गिरोहहरूको लागि एक रणनीतिक क्षेत्र हो, जसले हाइटीको राजधानी पोर्टआँेप्रिन्सको ८० प्रतिशत भूभागमा यिनै आपराधिक समूहको नियन्त्रण छ । फिरौतीको लागि अपहरण, बलात्कार र सशस्त्र चोरी, मोटरमालिक वा चालकलाई धम्क्याएर गाडीको चोरी तथा हिंसात्मक अपराध यहाँ सामान्य मानिन्छन् ।

दुई समूहबीच भएको झडपका क्रममा आफ्नो घरमा आक्रमण हुँदा पोर्टआँेप्रिन्स निवासी डोमिनिक चाल्र्सले आफ्नी आमा, सौतेनी बुबा, १८ वर्षीय छोरा, दुई बहिनी र एक जना भाइ गुमाएको बताइन् । आफू भने भागेर बाँच्न सफल भएको उनले जनाइन् ।

पछिल्ला दिनमा यहाँ हिंसाका घटना बढेपछि पाँच हजार बासिन्दा पलायन भएका छन् । विस्थापितमध्ये केहीले विद्यालय वा स्थानीय खेलकुद केन्द्रमा शरण लिएका छन्भने अन्य विस्थापित सडकमा नै गुजारा गरिरहेका छन् । उनीहरूलाई सरकारी अधिकारीहरूले खाना र पानीको व्यवस्था गरेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?