Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

विद्युत् प्राधिकरणका कर्मचारीको सेवासुविधा बढ्यो


१ भदाै, काठमाडाैँ । विद्युत् प्राधिकरणका कर्मचारीहरूको सेवासुविधा बढेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेको घोषणा गरेका हुन् ।

प्राधिकरणले महिला कर्मचारीलाई प्रसुती भत्ता ७ हजार ५०० बाट १५ हजार बनाएको छ । त्यसैगरी, हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजार निरन्तर दिइने भएको छ ।

कर्मचारीलाई दिने गरिएको दैविक प्रकोप अनुदान पनि दोब्बरले बढाएर ४० हजार पुर्याइएको छ ।

कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराइने भएको छ । त्यसैगरी, अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने समेत घोषणा निर्देशक घिसिङले गरेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?