Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

विद्युत् प्राधिकरणका कर्मचारीको सेवासुविधा बढ्यो


१ भदाै, काठमाडाैँ । विद्युत् प्राधिकरणका कर्मचारीहरूको सेवासुविधा बढेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गरेको घोषणा गरेका हुन् ।

प्राधिकरणले महिला कर्मचारीलाई प्रसुती भत्ता ७ हजार ५०० बाट १५ हजार बनाएको छ । त्यसैगरी, हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजार निरन्तर दिइने भएको छ ।

कर्मचारीलाई दिने गरिएको दैविक प्रकोप अनुदान पनि दोब्बरले बढाएर ४० हजार पुर्याइएको छ ।

कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराइने भएको छ । त्यसैगरी, अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने समेत घोषणा निर्देशक घिसिङले गरेका छन् ।


प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?