Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

साताको अन्तिम दिन बड्यो शेयर बजार


३२ श्रावण, काठमाडाैँ । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम भएको छ ।

आज विभिन्न कम्पनीका कुल ४० लाख  नौ हजार २६३ कित्ता शेयर रु एक अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ दशमलव ७९ मा कारोबार भएको छ । यो दिनको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किममा सकारात्मक सर्किट लागेको छ । साथै लवर्टी इनर्जी कम्पनीको नौ दशमलव ९४ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको छ दशमलव १७ प्रतिशत, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको पाँच दशमलव ७७ र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको शेयर मूल्य चार दशमलव ९८ प्रतिशतले बढेको छ ।

त्यसैगरी लक्ष्मी इक्विपटी फण्डको शेयर मूल्य सात दशमलव ४३ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको चार दशमलव ४१ प्रतिशत, राप्ती हाइड्रो एण्ड जनरल कनस्ट्रक्सन लिमिटेडको चार दशमलव २१ प्रतिशत, सुपर माइ हाइड्रोपावर लिमिटेडको तीन दशमलव ९० प्रतिशत र बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य तीन दशमलव ७१ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजारपुँजीकरण रु ३० खर्ब ४३ अर्ब ९१ लाख ७७ हजार ५७९ दशमलव आठ पुगेको छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?