Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

तस्करी गरेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन नेपाल राष्ट्र बैंकले किन्ने


३० श्रावण, काठमाडाैँ । हङकङबाट तस्करी भएर नेपाल भित्र्याइएको सुन नेपाल राष्ट्र बैंकले किन्ने भएको छ ।

गालिएपछि आएको ६० किलो ७१६ ग्राम सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् । उनले सरकारले बाँकी प्रक्रिया गरेपछि गुणस्तर परीक्षण गरेर  बैंकले खरिद गर्नेछ ।

उनले उक्त सुन गुणस्तर अनुसार अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थपेर खरिद गरिने भएको हो ।

गत श्रावण ३ गते हङकङबाट अवैध तरिकाले मोटरसाइकलको ब्रेक शुमा लुकाएर ल्यायएको सुन भन्सार पास गरेर निस्किएपछि सिनामङ्गलबाट बरामद गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गाल्दा उक्त सुनको परिमाण ६० किलो ७१६ ग्राम रहेको छ । सुरूमा यो सुन एक क्विन्टल भएको बताइएको थियो ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?