Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

तस्करी गरेर ल्याइएको ६० किलो ७१६ ग्राम सुन नेपाल राष्ट्र बैंकले किन्ने


३० श्रावण, काठमाडाैँ । हङकङबाट तस्करी भएर नेपाल भित्र्याइएको सुन नेपाल राष्ट्र बैंकले किन्ने भएको छ ।

गालिएपछि आएको ६० किलो ७१६ ग्राम सुन नेपाल राष्ट्र बैंकले खरिद गर्ने निर्देशक थानेश्वर आचार्यले जानकारी दिएका छन् । उनले सरकारले बाँकी प्रक्रिया गरेपछि गुणस्तर परीक्षण गरेर  बैंकले खरिद गर्नेछ ।

उनले उक्त सुन गुणस्तर अनुसार अन्तर्राष्ट्रिय मूल्यमा पाँच प्रतिशत थपेर खरिद गरिने भएको हो ।

गत श्रावण ३ गते हङकङबाट अवैध तरिकाले मोटरसाइकलको ब्रेक शुमा लुकाएर ल्यायएको सुन भन्सार पास गरेर निस्किएपछि सिनामङ्गलबाट बरामद गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले गाल्दा उक्त सुनको परिमाण ६० किलो ७१६ ग्राम रहेको छ । सुरूमा यो सुन एक क्विन्टल भएको बताइएको थियो ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?