Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

हवाई टापुको डढेलोमा ९९ जनाले ज्यान गुमाए


३० श्रावण, एजेन्सी । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९९ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या दोब्बरले बढ्नसक्ने बताएका छन् ।

गत मङ्गलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् ।

आगोले खरानी नपारेका भग्नावशेषमा  मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको सङ्ख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन् ।

१२ हजार हवाईबासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन । नगरको मध्यभागमा रहेको एक सय ५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन् ।


प्रकाशित मिति: ३० श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?