Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

विहेको नाटक गरेर सम्पत्ति आफ्नो नाममा पारी डिभोर्स गर्न दबाब दिने भावनालाई १५ महिना कैद


२९ श्रावण, भक्तपुर । भक्तपुर जिल्ला अदालत भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले भावनालाई ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा उक्त सजाय सुनाएको हो । दोषी देखिएपछि भावना उक्त कैद र १५ हजार जरिबाना समेत तिर्नुपर्ने भएको छ ।

उनले झुक्याएर आफ्नो नाममा पास गरेको जग्गा समेत फिर्ता गर्नुपर्नेछ ।

भावनाले बिहेको नाटक गरी जापान पुगेपछि सम्पत्ति आफ्नो नाममा बनाएर सम्बन्ध बिच्छेदका लागि दबाब दिइएकी थिइन् । पीडित फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघात अन्तर्गत दर्ता गरेको जाहेरी २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

श्रावण १७ गते अन्तिम फैसलामा ठगी तथा आपराधिक विश्वासघातमा दोषी ठहर गरिएकी थिइन् । त्यस्तै, आइतबार (श्रावण २८ गरे)को पेसीमा भावनालाई १५ महिना १५ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तथा पीडित फुर्वा मोक्तानलाई सुनसहित कुल ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला सुनाइएको हो ।

भावनाले आँफुलाई झुक्याएर विवाह गरी १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका थिए ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?