Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

सडक दुर्घटनामा परेर छ जना प्रहरीको मृत्यु


२७ श्रावण, एजेन्सी । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ ।

राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो ।

ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो ।

दुर्घटनामा एक स्थानीयको पनि मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक स्थानीय बासिन्दा र तीन जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।


प्रकाशित मिति: २७ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?