Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

वर्षाका कारण आएको विपत्तिमा चीनको हेबेई प्रान्तमा २९ जनाको मृत्यु, १६ बेपत्ता


२६ श्रावण, एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा व्यापक क्षति पु¥याएको छ ।

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । यो सँगै प्रान्तले ९५.८१ बिलियन युआन (लगभग १३.३८ बिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति बेहोरेको बताइएको छ । साथै प्रकोप सृजित क्षतिको समग्र मूल्याङ्कन र प्रमाणीकरण कार्य भइरहेको पनि बताइएको छ ।

बिहीबारसम्म बाढीबाट करिब ३० लाख ८९ हजार मानिस प्रभावित भएका छन् । साथै कुल ३१९,७०० हेक्टर बाली प्रभावित भएको छ भने १ लाख ३१ हजार ५०० हेक्टर क्षेत्रफल खेतियोग्य भूमिमा क्षति पुगेको छ ।

प्रकोपबाट ४० हजार ९०० घरहरू भत्किएका छन् भने १,५५,५०० घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। शिशु शिक्षालयसहित १ हजार १ सय ५० प्राथमिक र माध्यमिक विद्यालयमा क्षति पुगेको छ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?