Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

एकै परिवारका ८ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर


२५ श्रावण, एजेन्सी । पाकिस्तानको लेयाहमा आज बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छभने अन्य छ जना गम्भीर घाइते बनाएका छन् ।

यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य छ जना गम्भीर घाइते भएका उद्धारकर्मीहरूले बताएका छन् । घाइतेरूलाई चोबराको तहसील मुख्यालय अस्पताल पुर्याइएको छ ।

हालै खनेवलको पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । विपरीत दिशाबाट तीव्र वेगमा आएको मोटरसाइकललाई जोगाउन खोज्दा बस नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए ।

नियमित मर्मतसम्भार नगरिएका सडक तथा सवारी साधान, सवारी नियमको वेवास्ता, चालकहरूको लापरवाहीका कारण पाकिस्तानमा हरेक दिन घातक दुर्घटना हुने गरेका छन् ।


प्रकाशित मिति: २५ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?