Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

पञ्जाबका कैयौँ जिल्लामा सबै प्रकारका जमघट र सभा गर्न प्रतिबन्ध


२२ श्रावण, काठमाडाैँ । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गरेपछि पञ्जाबका विभिन्न जिल्लामा सात दिनका लागि धारा १४४ लागू गरिएको छ । प्रशासनले जारी गरेको सूचनाअनुसार कसुर, झेलम, मियांवाली, मण्डी बहाउद्दीन र रावलपिण्डी जिल्लामा धारा १४४ अनुसार विरोधका कार्यक्रम वा अन्य अनावश्यक जमघटसमेतलाई प्रतिबन्ध लगाइएको हो ।

स्थानीय अधिकारीले भनेका छन्, “धारा १४४ अन्तर्गत सात दिनका लागि सबै प्रकारका जमघट, सार्वजनिक सभा, प्रदर्शन, धर्ना र र्यालीमा प्रतिबन्ध लगाइएको छ ।”

आदेशमा भनिएको छ, “आदेश उल्लङ्घन गर्नेलाई कडाइका साथ कारबाही गरिनेछ । इमरान खानलाई पक्राउ गर्ने अदालतको फैसलापछि प्रदर्शन हुन सक्ने आशङ्काका बीच प्रहरीले शनिबार इस्लामाबाद र रावलपिण्डीमा उच्च सुरक्षा सावधानी अपनाएको एआरवाई न्यूजले जनाएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना प्रकरणमा ‘भ्रष्ट आचरण’ का लागि दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएलगत्तै उनलाई जमान पार्कस्थित निवासबाट पक्राउ गरिएको छ । प्रहरी प्रवक्ताका अनुसार सङ्घीय प्रहरीले इस्लामाबादमा उच्च सतर्कता अपनाएको घोषणा गरेको छ । प्रहरीले एक विज्ञप्ति जारी गरी भनेको छ, “सबै अधिकारीलाई आ–आफ्नो क्षेत्रमा बस्न र सङ्घीय राजधानीका सबै क्षेत्रमा चेकजाँच बढाउन निर्देशन दिइएको छ ।”

रावलपिण्डीका प्रहरी अधिकारीहरूलाई पनि पीटीआई समर्थकहरूको सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न विशेष निर्देशनसहित उच्च सतर्कतामा राखिएको छ । एआरवाई न्यूजका अनुसार प्रहरी अधिकारीहरूले मातहतका अधिकारीहरूलाई स्थितिमाथि निगरानी राख्न भनेका छन् ।

खानलाई दोषी ठहर गरी पक्राउ गरेलगत्तै शनिबार पीटीआईले पाकिस्तानमा कानुन र संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेको थियो । सर्वोच्च अदालतले तोशाखाना प्रकरणको विचारणीयताविरुद्ध दायर गरेको पुनरावलोकन याचिकाको सुनुवाइ गर्न पनि अनुरोध गरेको छ ।

पाकिस्तानको एक जिल्ला तथा फौजदारी अदालतले इमरान खानलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ र उहाँलाई पाँच वर्षका लागि राजनीतिबाट अयोग्य घोषित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पीटीआईले आफ्नो सङ्गठन र राजनीतिक कार्ययोजनाका लागि इमरान खानको निर्देशनअनुसार कारबाही सुरु गरेको र फौजदारी अदालतको फैसलालाई सिङ्गो राष्ट्रले अस्वीकार गरेको जनाएको छ ।

इमरान खानको लाहोर जमान पार्कस्थित निवासबाहिर वकिलसहित पीटीआईका समर्थकले उहाँको गिरफ्तारीको विरोध गरेका छन् । खैबर पख्तुनख्वाको बन्नूमा पनि पीटीआई समर्थकहरूले खानको पक्षमा प्रदर्शन गरेका छन् ।


प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?