Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

‘ब्ल्याक सी’मा अमेरिकी ड्रोन खसालेको रूसको दावी


२१ श्रावण, एजेन्सी । ‘ब्ल्याक सी’मा अमेरिकी ‘रिपर एमक्यू–९’ सैन्य ड्रोनले ‘रूसी राज्यको सीमा प्रवेश गर्न नदिन’ सुखोई–३० लडाकू विमानको प्रयोग गरिएको र अमेरिकी ड्रोनलाई खसालेको रूसले शनिबार जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “रूसी लडाकू विमान नजिक आइपुग्दा ‘विदेशी जासुसी ड्रोन’ले सीमाबाट यु–टर्न लिएको थियो ।” उक्त ड्रोन अमेरिकी वायु सेनाको भएको मन्त्रालयले जनाएको छ ।

’रूसी विमान सकुशल आफ्नो एयरबेसमा फर्किएको छ, सीमाको कुनै उल्लङ्घन भएको छैन,” विज्ञप्तिमा भनिएको छ ।

मस्कोले युक्रेनमा आफ्नो आक्रमणलाई अघि बढाइरहँदा हालैका महिनाहरूमा ‘ब्ल्याक सी’मा र बाल्टिक सागरमा रूसी र पश्चिमी विमानहरूसँग सम्बन्धित घटनाहरू बढेका छन् ।

मार्चको मध्यमा ‘ब्ल्याक सी’मा रूसी लडाकू विमानसँग ठोक्किएर अर्को अमेरिकी रिपर ड्रोन दुर्घटनाग्रस्त भएपछि मस्को र वासिङ्टनबीच तनाव बढेको थियो ।

मस्कोले गत मे महिनामा बाल्टिक सागरमाथि चार वटा अमेरिकी रणनीतिक बमवर्षक विमानलाई एक हप्ताको अन्तरालमा दुई छुट्टाछुट्टै घटनामा रोकेको बताएको थियो ।

रूसले फ्रान्सेली, जर्मन, पोलिश र बेलायती विमानलाई पनि रोकेको जनाएको छ ।


प्रकाशित मिति: २१ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?