Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारको अभियोगमा पक्राउ


२० श्रावण, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको अभियोगमा शनिबार लाहोरस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरी र अधिकारीहरूले बताएका छन् ।

गत वर्ष अविश्वासको प्रस्तावमा सत्ताच्युत भएयता पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारसमेत रहेका खानले आफुविरूद्धको सजाय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउनुभएको थियो । शनिबार सजाय सुनाइँदा उनि अदालतमा उपस्थित भएका थिएनन् ।

“न्यायाधीश हुमायूँ दिलावरले पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारमा संलग्नता रहेको ठहर भएको आदेश सुनाउनुभएको छ,” पाकिस्तानी टेलिभिजनले जनाएको छ ।

फैसला लगत्तै प्रहरीले लाहोरस्थित खानको घरमा पसेर उनलाई पक्राउ गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका विशेष सहायक अताउल्लाह तरारले खानको पक्राउबारे पुष्टि गर्दै भने, “मैले भर्खरै खानलाई पक्राउ गरिएको जानकारी पाएको छु ।”

गत मे महिनामा खानलाई इस्लामाबादमा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो र केही समयका लागि हिरासतमा राखिएको थियो । पूर्व प्रधानमन्त्री खानको पक्राउलाई लिएर उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए ।

दलको आन्दोलनको दवाबपछि तीन दिन हिरासतमा बसेपछि रिहा भएका पीटीआई अध्यक्षलाई हजारौं पक्राउ, धम्की र प्रेसको दमनको रिपोर्टसहित कारबाहीको निशाना बनाइएको छ ।

शनिबार उनलाई पक्राउ गरिएको मुद्दा उनका सहयोगीमार्फत् उनि प्रधानमन्त्री रहेको समयमा भएको लेनदेनमा केन्द्रित छ ।

खानको कानुनी टोलीले तत्काल अपिल दायर गर्ने बताएको छ । टोलीका एक सदस्यले भने, “मुद्दामा साक्षीलाई उपस्थित गराउने कुनै मौका दिइएको थिएन, न त बहसका लागि समय दिइएको थियो । हामी फैसलाविरूद्ध पुनरावेदन गर्नेछौँ ।” खानले लामो समयदेखि यस वर्षको अन्त्यअघि हुने निर्वाचनमा भाग लिन नदिन आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको बताउँदै आएका थिए ।

पाकिस्तानमा आगामी दुई हप्तामा संसद् विघटन हुने सम्भावना छ र नोभेम्बरको मध्य वा त्योभन्दा अघि नै राष्ट्रिय निर्वाचन हुनेछ ।

खान सन् २०१८ मा लोकप्रिय समर्थनको लहर, भ्रष्टाचार विरोधी घोषणापत्र र शक्तिशाली सैन्य प्रतिष्ठानको समर्थनमा सत्तामा पुगेका थिए ।

गत वर्षको अप्रिलमा उनलाई पदच्युत गर्दा विश्लेषकहरूले उहाँले शीर्ष जनरलहरूको समर्थन गुमाएका कारण पदच्युत गरिएको बताएका थिए ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?