Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

युक्रेनी ड्रोनले गर्यो रुसी तेल ट्याङ्करमा आक्रमण


२० श्रावण, एजेन्सी । युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्याङ्करमा आक्रमण गरी क्षति पुर्याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र (एमआरसीसी) ले शनिबार जनाएको छ।

एमआरसीसीले ट्याङ्करका चालक दल सकुशल रहेको तर आक्रमणबाट इन्जिन कोठामा क्षति पुगेको बताइएको छ । ट्याङ्करलाई मद्दत गर्न उद्धारकर्ता र दुईवटा टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।

क्राइमियाको पूर्वी छेउमा रहेको केर्च शहरका बासिन्दाहरूलाई चकित पार्ने चर्को आवाज सहित शनिबार बिहान सो आक्रमण भएको थियो ।

मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द भए पनि फेरि खोलिएको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?