Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

युक्रेनी ड्रोनले गर्यो रुसी तेल ट्याङ्करमा आक्रमण


२० श्रावण, एजेन्सी । युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्याङ्करमा आक्रमण गरी क्षति पुर्याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र (एमआरसीसी) ले शनिबार जनाएको छ।

एमआरसीसीले ट्याङ्करका चालक दल सकुशल रहेको तर आक्रमणबाट इन्जिन कोठामा क्षति पुगेको बताइएको छ । ट्याङ्करलाई मद्दत गर्न उद्धारकर्ता र दुईवटा टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।

क्राइमियाको पूर्वी छेउमा रहेको केर्च शहरका बासिन्दाहरूलाई चकित पार्ने चर्को आवाज सहित शनिबार बिहान सो आक्रमण भएको थियो ।

मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द भए पनि फेरि खोलिएको छ ।


प्रकाशित मिति: २० श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?