Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

एक क्विन्टल सुन प्रकरणको अनुसन्धान सीआईबीले गर्ने


१९ श्रावण, काठमाडाैँ । त्रिभुवन विमानस्थलबाट बरामद गरिएको एक क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सरकारले यस प्रकरणमा बाँकी अनुसन्धानको जिम्मा सीआईबीलाई दिने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।

बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतसँगको बैठकपछि प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएको बताइएको छ ।

गत श्रावण ३ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्विन्टल सुन विमानस्थल क्षेत्रबाट राजश्व विभागले बरामद गरेको थियो ।

यो प्रकरणमा करीब एक दर्जन व्यक्ति पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?