Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

दक्षिण कोरियामा छुरा प्रहारबाट १४ जना घाइते


१९ श्रावण, एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा पर्ने सियोङनाम सहरमा बिहीबार भएको छुरा प्रहारमा परी १४ जना घाइते भएको पुष्टि भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

सियोङनामको एक डिपार्टमेन्ट स्टोरको पहिलो र दोस्रो तल्लामा स्थानीय समयअनुसार साँझ ५ः५९ बजे २३ वर्षीय एक व्यक्तिले ५० सेन्टिमिटरभन्दा लामो घातक हतियारले आक्रमण गर्दा ती व्यक्ति घाइते भएका हुन् ।

डिपार्टमेन्ट स्टोरभित्र कालो हुडी, टोपी र चश्मा लगाएका शङ्कास्पद व्यक्तिले आक्रमण गर्दा नौ जना घाइते भएका थिए ।

छुरा प्रहार गर्नुअघि ती व्यक्तिले डिपार्टमेन्ट स्टोर अगाडिको फुटपाथमा एउटा हलुका कार चलाएर फुटपाथमा रहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएका थिए ।

योन्हापले स्थानीय अधिकारीलाई उद्धृत गरी भनेको छ, “घाइतेमध्ये १२ जना गम्भीर घाइते भएका छन् । ६० वर्षीया एक महिलाको अवस्था गम्भीर छ ।”

प्रहरीले स्थानीय समयअनुसार साँझ ६ः०५ बजे घटनास्थल नजिकैबाट संदिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो र घटनाको सही उद्देश्य र परिस्थितिको अनुसन्धान थालेको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?