Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

दक्षिण कोरियामा छुरा प्रहारबाट १४ जना घाइते


१९ श्रावण, एजेन्सी । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा पर्ने सियोङनाम सहरमा बिहीबार भएको छुरा प्रहारमा परी १४ जना घाइते भएको पुष्टि भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

सियोङनामको एक डिपार्टमेन्ट स्टोरको पहिलो र दोस्रो तल्लामा स्थानीय समयअनुसार साँझ ५ः५९ बजे २३ वर्षीय एक व्यक्तिले ५० सेन्टिमिटरभन्दा लामो घातक हतियारले आक्रमण गर्दा ती व्यक्ति घाइते भएका हुन् ।

डिपार्टमेन्ट स्टोरभित्र कालो हुडी, टोपी र चश्मा लगाएका शङ्कास्पद व्यक्तिले आक्रमण गर्दा नौ जना घाइते भएका थिए ।

छुरा प्रहार गर्नुअघि ती व्यक्तिले डिपार्टमेन्ट स्टोर अगाडिको फुटपाथमा एउटा हलुका कार चलाएर फुटपाथमा रहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएका थिए ।

योन्हापले स्थानीय अधिकारीलाई उद्धृत गरी भनेको छ, “घाइतेमध्ये १२ जना गम्भीर घाइते भएका छन् । ६० वर्षीया एक महिलाको अवस्था गम्भीर छ ।”

प्रहरीले स्थानीय समयअनुसार साँझ ६ः०५ बजे घटनास्थल नजिकैबाट संदिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो र घटनाको सही उद्देश्य र परिस्थितिको अनुसन्धान थालेको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?