Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

चाँगुनारायणद्वारा ८१ प्रतिशत बजेट खर्च


१८ ,श्रावण ,भक्तपुर । आर्थिक वर्ष २०७९/८० मा चाँगुनारायण नगरपालिका ८१ दशमलव २६ प्रतिशत बजेट खर्च गरेको छ । काठमाडौँ उपत्यकाका २१ स्थानीय तहमध्ये चाँगुनारायण सबैभन्दा बढी बजेट खर्च गर्ने स्थानीय तह बनेको छ ।

चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीका अनुसार नगरपालिकाले चालुतर्फ रु ८० करोड १० लाख ७७ हजार विनियोजन गरेकामा रु ६७ करोड २१ लाख दुई हजार (८३ दशमदव नौ प्रतिशत) र पुँजीगततर्फ रु एक अर्ब ३३ करोड ७२ लाख २७ हजार विनियोजन गरेकामा रु एक अर्ब छ करोड ५५ लाख ६९ हजार (७९ दशमलव ६९ प्रतिशत) खर्च गरेको छ ।

नगरपालिकाले चालु र पुँजीगततर्फ गरेर कुल रु दुई अर्ब १३ करोड ८३ लाख पाँच हजार विनियोजन गरेकामा कुल रु एक अर्ब ७३ करोड ७६ लाख ७२ हजार खर्च गरेको छ । “चाँगुनारायण उपत्यकामै विकास बजेट बढी खर्च गर्ने स्थानीय तह बनेको छ”, उनले भने । आर्थिक वर्ष सुरु हुनेबित्तिकै विकासका योजनालाई पूर्णता दिन बोलपत्र आह्वान गर्नेदेखि उपभोक्ता समिति गठन गरेर तीव्रगतिमा विकासका कार्यलाई अगाडि बढाउने गरेकाले विकासलाई तीव्रता र पूर्णता दिन सफल भएको प्रमुख खत्रीले बताए ।

यसैगरी सूर्यविनायक नगरपालिकाले भने पुँजीगततर्फ रु एक अर्ब दुई करोड बजेट विनियोजन गरेकामा रु ६४ करोड ७६ लाख (६३ प्रतिशत) रकममात्र विकास बजेटतर्फ खर्च गरेको छ । त्यस्तै मध्यपुरथिमि नगरपालिकाले पुँजीगततर्फ रु एक अर्ब ११ करोड बजेट विनियोजन गरेकामा रु ६० करोड ११ लाख (५३ दशमलव ९९ प्रतिशत) खर्च गरेको छ ।

यस्तै भक्तपुर नगरपालिकाले पुँजीगतर्फ रु ७३ करोड ५८ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड ९२ लाख ९० हजार (५४ दशमलव २७ प्रतिशत) खर्च गरेको छ । भक्तपुुर जिल्लाका चार पालिकामध्ये विकास बजेट सबभन्दा कम खर्च गर्नेमा भक्तपुर नगरपालिका रहेको छ । भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले भने विकास बजेट खर्चको लक्ष्य हासिल गर्न सकेनन् ।

आर्थिक वर्ष २०७९/८० मा पुँजीगततर्फ बजेट खर्चने उपत्यकाका २१ पालिकामध्ये ललितपुर जिल्लातर्फ ललितपुर महानगरपालिकाले ५५ प्रतिशत, गोदावरी नगरपालिकाले ६८ दशमलव १७ प्रतिशत, महालक्ष्मी नगरपालिकाले ४३ दशमलव १७ प्रतिशत, कोन्ज्योसोम गाउँपालिकाले ७८ दशमलव ३७ प्रतिशत, बागमती गाउँपालिकाले ७९ दशमलव ५९ प्रतिशत, महाँकाल गाउँपालिकाले ५६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेका छन् ।

त्यस्तै काठमाडौँ महानगरपालिकाले २५ दशमलव ८४ प्रतिशत, चन्द्रागिरि नगरपालिकाले ५९ दशमलव ६२ प्रतिशत, नागार्जुन नगरपालिका ४१ दशमलव २८ प्रतिशत, कीर्तिपुर नगरपालिकाले ५९ दशमलव ८६ प्रतिशत, टोखा नगरपालिकाले ६६ प्रतिशत, दक्षिणकाली नगरपालिकाले ७२ दशमलव ३३ प्रतिशत, शङ्खरापुर नगरपालिकाले ४६ दशमलव ५७ प्रतिशत, तारकेश्वर नगरपालिकाले ६७ दशमलव ३८ प्रतिशत, बूढानीलकण्ठ नगरपालिकाले ३८ प्रतिशत, कागेश्वरी–मनोहरा नगरपालिकाले ६० प्रतिशत तथा गोकर्णेश्वर नगरपालिकाले ६८ दशमलव दुई प्रतिशत विकास बजेट खर्च गरेका छन् ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?