Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

रियो दि जेनेरियोमा भएको आक्रमणमा ९ जनाको मृत्यु


१८ श्रावण, ब्राजिलिया । रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो ।

ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ । अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले (प्रहरी शक्तिको दुरुपयोगको चिन्तालाई अस्वीकार गर्दै भनेका छन्, ‘अपराधीहरू साङ्लो जस्तै मर्नुपर्छ।’

उनले ब्राजिलमा ‘बुलेट लबी’ लाई दृढतापूर्वक समर्थन समेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?