Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

सामान्य अङ्कले बढ्यो शेयर बजार


१७ श्रावण, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो ।

नेप्सेका अनुसार आज दुई सय ६९ कम्पनीको ९३ लाख ६१ हजार सात सय ८६ कित्ता शेयर ३५ हजार आठ सय ३५ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८१ करोड २४ लाख ७३ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ । जलविद्युत् समूह पाँच दशमलव ६८, लघुवित्त ११ दशमलव ०७ र व्यापार समूह एक दशमलव ७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८ दशमलव ०८ र निर्जीवन बीमा समूह ६५ दशमलव ४४ अङ्कले बढेको छ । आज बैंकिङ समूह १० दशमलव ५१, विकास बैंक ३९ दशमलव ३३, वित्त ३० दशमलव ६२ र लगानी समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ ।

त्यस्तै, जीवन बीमा ४२ दशमलव ८१, उत्पादन तथा प्रशोधन १७ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह चार दशमलव ६६ अङ्कले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव १४ प्रतिशतले बढेको हो ।

सबैभन्दा धेरै गुमाउनेमा भने प्रभु स्मार्ट फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ११ करोड १९ तीन लाख पाँच सय १९ बराबरको शेयर मूल्य किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको १८ लाख १८ हजार नौ सय नौ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?