Trending
>>   नवयुवाहरुको आकांक्षा सम्बोधन गर्न पनि नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा >>   जनताको अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरे : प्रचण्ड >>   नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन >>   रोल्पालाई समृद्धि र सुशासनको मोडल बनाउँछौँ, हाम्रो विजय सुनिश्चित भइसक्योः वर्षमान पुन >>   ८ लाखले उपत्यका छाड्ने अनुमान :गाडीहरु अपुग भए सेना, प्रहरीका गाडीहरु समेत चलाइने >>   फागुको सुगन्धः रङ्गीन स्पन्दनको एउटा उत्सव (फोटो फिचर) >>   मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध, विक्री–वितरण वा सेवन गरे कारबाही गरिने >>   देश निर्वाचनमय भइसक्यो, सफल पार्न सबै लागौँः निर्वाचन आयुक्त डा. तुलाधर >>   लैङ्गिक समावेशितामा निर्वाचन आयोग कहिल्यै चुक्दैनः आयुक्त डा. जानकी तुलाधर >>   गृहजिल्ला झापामा ‘विकास र समृद्धिको एजेण्डा’ लिएर ओली जनताको आँगनमा
Logo
१६ फाल्गुन २०८२, शनिबार
१६ फाल्गुन २०८२, शनिबार

पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्री


१५ ,श्रावण ,काठमाडौँ । सौरमास अनुसार साउनको तेस्रो साताको सोमबार पशुपतिनाथ मन्दिरमा हजारौँ बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई चढाएका छन् ।

यो वर्ष साउनको तेस्रो साता आज बोलबम काँवरिया सङ्घको आयोजनामा सुन्दरीजलबाट पशुपतिसम्म बोलबम यात्रा भएको हो । बोलबम यात्राका लागि आइतबार बेलुकी नै भक्तजन सुन्दरीजल पुगेका थिए ।

प्रत्येक वर्ष साउन महिनामा बोलबम यात्रीले वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन छुट्टै ढोकाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

सौरमास अनुसार साउनको तेस्रो साता आज पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरेको पनि उहाँले सुनाउनुभयो । आज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमन्त्री एवं विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीलगायतले पनि दर्शन गर्नुभएको महाशाखा प्रमुख पराजुलीले बताए ।

भारतबाट पनि आज उल्लेख्य मात्रामा भक्तजन पशुपतिनाथको दर्शनमा आएका थिए । पशुपतिनाथमा आज रु सात हजार पाँच सयभन्दा बढीको रसिद काटी एक सय २१ जना भक्तजनले विशेष पूजा गरेका छन् ।

एक जना भक्तजनले भने रु ६५ हजारको रसिद काटेको जनाइएको छ । साउनको सोमबारका लागि पशुपति क्षेत्रमा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ जिल्ला समिति र विश्व हिन्दू महासङ्घको काठमाडौँ जिल्ला समितिका अध्यक्ष एवं पदाधिकारीले पनि सामूहिकरूपमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको जनाइएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?