Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

अफ्रिकी नेताद्वारा एक हप्तामा सत्ता हस्तान्तरण गर्न नाइजर ‘सैनिक नेता’लाई दवाब


१५ श्रावण, काठमाडाैँ । पश्चिम अफ्रिकी नेताहरूले आइतबार नाइजरमा निर्वाचित राष्ट्रपतिलाई कब्जा गरी गरिएको ‘कू’ बाट स्थापित सैन्य प्रशासनलाई सत्ता छोड्न एक हप्ताको समय दिएका छन् ।

उनीहरूले प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेतालाई ‘बल प्रयोग’ गरी गरिएको सैन्य विद्रोहलाई इन्कार गर्ने चेतावनी दिँदै तत्काल आर्थिक प्रतिबन्ध लगाउने बताएका छन् ।

पन्ध्र सदस्यीय इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) ले निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा र पुनर्बहाली गर्न पनि माग गरेको छ ।

“एक हप्ताभित्र अधिकारीहरूको माग पूरा नभएमा इकोवासले गणतन्त्र नाइजरमा संवैधानिक व्यवस्था बहाल गर्न आवश्यक सबै उपायहरू लिनेछ । यस्ता उपायहरूमा बल प्रयोग समावेश हुन सक्छ ।”

यस निर्णयका लागि इकोवासका ‘चिफ अफ डिफेन्स स्टाफ’को तत्काल बैठक बस्न लागेको छ,” नाइजेरियाको अबुजामा आइतबार भएको शिखर बैठकपछि इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?