Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन


१२ ,श्रावण ,काठमाडौँ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) अन्तर्गतको युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन भएको छ ।

अनुराग गोयलको नेतृत्वमा आगामी दुई वर्ष अर्थात् सन् २०२३/२०२४ लागि नयाँ कार्यसमिति गठन भएको हो । नवनिर्वाचित अध्यक्ष गोयल गोयल गु्रपका प्रबन्ध निर्देशक छन् ।

कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), संकेत सङ्घाई (फाइनान्स चेयर), निदा दुन मल्ल (कम्यूनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित भएका छन् ।

युवा उद्यमी मञ्चले नवप्रवर्तन र युवालाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने नवनिर्वाचित अध्यक्ष गोयलले बताए । उनले युवा उद्यमीहरुलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसङ्घको युवा सङ्गठन हो । मञ्चको पहिलो अध्यक्ष विष्णुकुमार अग्रवाल थिए भने निवर्तमान अग्रवाल प्राशी अग्रवाल थिए ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?