Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने


११ ,श्रावण ,काठमाडौँ । ‘मिस युनिभर्स’मा नेपालका प्रतिनिधि पठाउने उमङ क्रियशनले यो वर्षको ‘मिस युनिभर्स नेपाल २०२३’ को सुरुआत गरेको छ ।

आज पर्यटन बोर्डको हलमा एक समारोहको आयोजना गर्दै आगामी संस्करणमा सहभागी हुन झनै फराकिलो दायरा बनाएको घोषणा गरिएको छ । यस प्रतियोगिताका राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले सहभागिताको मापदण्डलाई खुकुलो बनाइएको जानकारी दिए । उनले भने, “यो प्रतियोगिता सबैका लागि होस् भनेर हामी लचिलो भएका छौँ । यसपटक हामीले सौन्दर्यको सीमा हुँदैन भन्ने विश्वासका साथ विवाहित र आमाहरूलाई समेत सहभागी गराउने छौँ ।”

उनले उचाइ वा तौल स्वीकारेर ट्रान्सवुमन, गैरआवासीय र विवाहितसँगै आमालाई समेत सहभागी गराइने निर्णय सौन्दर्य प्रतियोगितामा पहिलोपटक भएको जानकारी दिए । “सबै आकारका महिला, देशबाहिर रहेकालाई देशको प्रतिनिधित्व गर्ने अवसर र विवाहित भएर पनि सपना देख्न नछोड्नु भन्ने उद्देश्य हाम्रो हो”, निर्देशक श्रेष्ठले भने ।

यस संस्करण मापदण्डहरूलाई चुनौती दिँदै, अवरोधहरू तोड्दै, परिवर्तन र प्रेरणाको प्रकाशको रूपमा चम्कने उनको विश्वास छ । यो प्रतियोगितामा भदौ २२ मा घोषणा हुने विजेताले ७२औँ ‘मिस युनिभर्स’को मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यस प्रतियोगितामा विजेतासँगै चार उपविजेतासमेत घोषणा हुनेछन् । गत जेठ २३ गतेबाट सुरु भएको दर्ता आगामी साउन १८ सम्म चल्नेछ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?