Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

अध्यक्ष लिङ्देनलाई शैलुङको आलु उपहार


११ ,श्रावण ,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् । पार्टी कार्यालय धुम्बहाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर आज उनीहरूले अध्यक्ष लिङ्देनलाई आफ्ना समस्या राख्दै आलु उपहार दिएका हुन् ।

आलु उपहार लिँदै अध्यक्ष लिङ्देनले कृषिमा रु एक खर्बभन्दा अनुदान गए पनि खास किसानमा पुग्न नसक्नु दुःखद् भएको भन्दै किसानको समस्यामा आफूले सहयोग गर्ने बताए ।

सरकारले दिएको अनुदान पनि बिचौलियामा बढी जानेको कुरालाई आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उनले आफूहरूले उत्पादन गरेको आलुको पहिचानसम्म नभएको कुरा गम्भीर भएको ठहर थियो ।

शैलुङ क्षेत्रलाई कृषि र पर्यटनसँग जोड्ने उद्देश्यले राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई आलु उपहार दिएको किसानको भनाइ छ । शैलुङ गाउँपालिका–८ का किसान प्रवीण थपलियाले शैलुङको आलु मुढेको भनेर बेच्ने गरेको र खास आलु उत्पादन गर्ने ठाउँ ओझेलमा परेको सुनाए । “शैलुङको आलु अग्र्यानिक छ, युरिया मलको प्रयोग गरेको छैन”, शैलुङ क्षेत्रको विकासमा राज्यको ध्यान जाओस् भन्ने उद्देश्यले राजनीतिक दल र मन्त्रीहरूलाई आलु उपहार दिएको उल्लेख गर्दै उनले भने, “यसअघि राजनीतिक दलका नेता तथा मन्त्रीहरूलाई दिने क्रममा आज अध्यक्ष लिङ्देनलाई प्रदान गरेका हौँ ।”

शैलुङका किसानले आलु बेच्नका लागि बाटोको समस्या रहेको र शैलुङबाट उत्पादन भएको आलु मुढेको भनेर बेच्ने गरेका दुःखेसो राखेका थिए । किसानले शैलुङको आलु नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतलाई उपहार दिइसकेका छन् ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?