Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

पाकिस्तानको पञ्जाबमा आएको बाढीका कारण सयौं विस्थापित


११ ,श्रावण ,लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा चिनाब नदीको किनारमा आएको बाढीका कारण कम्तीमा ५० गाउँ डुबानमा पर्दा सयौं मानिस विस्थापित भएका अधिकारीहरूले बिहीबार बताएका छन् ।

मनसुनी वर्षाका कारण आएको बाढीका कारण यस महिनाको सुरुमा प्रान्तका अन्य गाउँबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । ‘चिनियोट फ्लड कन्ट्रोल रुम’का अधिकारी औरोङ जैबले मौसमी वर्षाका कारण पानीको सतह बढेको बताए । “नदी कटानका कारण तल्लो भेगका गाउँहरू बाढीबाट प्रभावित भएका छन्,” उनले एएफपीसँग भने ।

छिमेकी भारतले सिन्धुनदीमा पानी छोड्न स्लुइस गेट खोलेपछि पनि नदीको सतह प्रभावित भएको छ । अधिकारीहरूले चिनाब नदीमा सुरक्षात्मक तटबन्ध निर्माण गर्ने योजना घोषणा गरेका छन् तर आगामी दिनमा अझै बाढी आउने चेतावनी दिएका छन् ।

दक्षिण एसियाको वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत वर्षा जुनदेखि सेप्टेम्बरसम्म मनसुनले गर्छ । करिब दुई अर्ब जनसङ्ख्या भएको यस क्षेत्रमा लाखौं किसानको जीविकोपार्जनका लागि यो महत्वपूर्ण छ तर यसले पहिरो र बाढी पनि ल्याउँछ ।

वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ । पाकिस्तान दीर्घकालीन जलवायु जोखिमको खतरामा रहेका देशहरूमध्ये एक हो । सन् २०२२ मा देशको करिब एक तिहाइ भूभाग डुबानमा परेको विनाशकारी बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?