Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सरकारको नेतृत्व नगर्ने, हुन मानेटलाई उत्तराधिकारी बनाइने


११ श्रावण, एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले दक्षिणपूर्वी एसियाली राष्ट्रमा ३८ वर्षभन्दा बढी समय सेवा गरेपछि अगस्ट २२ देखि कार्यकारी प्रधानमन्त्रीबाट राजीनामा दिने बुधबार बताएका छन् ।

उनले आफ्नो जेठो छोरा हुन मानेटलाई सत्ताको बागडोर सुम्पिने पनि बताएका छन् ।

कम्बोडियाको राज्य नियन्त्रित टेलिभिजन (टिभीके) मा सम्बोधन गर्दै उनले भने, “हुन मानेट तीन साताभन्दा बढी समयभित्रै प्रधानमन्त्री बन्नेछन् ।” नेता हुन सेनले प्रसङ्गलाई जोड्दै भने, “कम्बोडियाका राजा नोरोडोम सिहामोनीको नेतृत्वमा पहिलो पटक अगस्ट २१ मा राष्ट्रिय सभाको बैठक बस्ने र हुन मानेटको नेतृत्वमा पाँच वर्षे कार्यकालको नयाँ सरकारले अगस्ट २२ मा शपथ लिनेछ ।”

मुलुकको शान्ति र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्न आगामी शक्ति सङ्क्रमणलाई निरन्तरता दिने बताउँदै उनले नयाँ मन्त्रिमण्डलमा युवा र गतिशील नेताहरू रहने बताए ।

प्रधानमन्त्री हुन सेनले आफू सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) को अध्यक्ष रहेकाले राजनीतिक शक्ति आफ्नो हातमा रहने बताएका छन्। यद्यपि, उनले नयाँ सरकारको नेतृत्वमा हस्तक्षेप नगर्ने बताएका छन् ।

आगामी फेब्रुअरी २५ मा हुने सिनेट निर्वाचनपछि ७० वर्षीय हुन सेनले सिनेटको अध्यक्षको पद सम्हाल्ने बताउनु भएको छ । सन् २०२३÷०२८ को नयाँ कार्यकालका लागि १२५ सदस्यीय राष्ट्रिय सभाका लागि आइतबार भएको सातौँ आमनिर्वाचनमा सीपीपीले शानदार जित हासिल गरेपछि उहाँले कम्बोडियाको सरकार र आगामी राजनीतिक यात्राबारे सार्वजनिकरूपमा आफ्नो भनाइ राखेका हुन् ।

राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार सीपीपीले ७७ लाख ७० हजार मतको ८२.३ प्रतिशत अर्थात् करिब ६४ लाख मत प्राप्त गरेको छ भने प्रिन्स नोरोडोम चक्रवुथको नेतृत्वमा रहेको फनसिनपेक पार्टीले सात लाख १६ हजार ४४३ मत अर्थात् कुल वैध मतको नौ दशमलव २२ प्रतिशत मत प्राप्त गरेको छ ।

निर्वाचनमा पाएको मतका आधारमा सीपीपीले १२० संसदीय सिट जितेको छ भने फनसिन्पेकले बाँकी पाँच सिट जितेको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?