Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

प्रहरी वरिष्ठ नायब निरीक्षक पौडेलको कुटपिटपछि हत्या


१० ,श्रावण ,गलकोट । प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ ।

बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

सामान्य विवादको क्रममा होटल सञ्चालक कुँवरका आमा छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

पौडेलको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकाली भान्छा कोठाको दराजमा लुगाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले ५१ वर्षीय आशा र २० वर्षीय विनोदलाई मङ्गलबार घटनास्थलबाटै पक्राउ गरेको थियो ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?