Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

खोलाले बस बगायो


१० ,श्रावण ,चितवन । माडी नगरपालिका वडा नम्बर ८ र ९ को सिमानामा पर्ने घागर खोलाले बस बगाएको छ ।

बगहिबाट आज बिहान नारायणगढका लागि आउँदै गरेको ना४ख १९४७ नम्बरको बस खोला तर्ने क्रममा पानीको बहाव बढ्न गई अनियन्त्रित भई पल्टिएको हो । बिहान ११ः१० बजे घटना भएको हो ।

बसमा सवार चालक र सहचालकको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार खोलामा बस फसेपछि निकाल्ने क्रममा खोलाले बसलाई पल्टाएको हो । खोलाले बगाएको बस घटनास्थलमा नै रहेको उनले बताए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?