Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित


१० ,श्रावण ,काठमाडौँ । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको एक सय ९८ रनको लक्ष्य घरेलु टोली ब्लूमफिल्डले २४ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । ब्लूमफिल्डका लागि हसिता बोयागोडाले सर्वाधिक ९० रनको योगदान दिए । उनले ५३ बलमा समान सात चौका र सात छक्काको मद्दतमा ९० रनको योगदान दिएका हुन् ।

यसैगरी अशान फेनान्डोले ५४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५६ रन बनाए भने सानदुन विराकोडीले ३१ रन बनाए । नेपालका लागि सूर्य तामाङ र प्रतिश जिसीले समान दुई/दुई विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन साउदले सर्वाधिक ७९ रनको योगदान दिए ।

उनले एक सय १३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७९ रनको योगदान दिएका हुन् । त्यस्तै सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, सोमपाल कामी र करण केसीले समान ११/११ रन जोडे भने पवन सर्राफले १० रन बनाए ।

ब्लूमफिल्डका लागि मलिन्डा परेरा, दिनेश समराविक्रम, निमेश थारुणु र विनिनायाकेले समान दुई/दुई विकेट लिए । अब नेपालले शुक्रबार तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?