Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित


१० ,श्रावण ,काठमाडौँ । श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली ब्लूमफिल्ड क्लबसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले प्रस्तुत गरेको एक सय ९८ रनको लक्ष्य घरेलु टोली ब्लूमफिल्डले २४ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । ब्लूमफिल्डका लागि हसिता बोयागोडाले सर्वाधिक ९० रनको योगदान दिए । उनले ५३ बलमा समान सात चौका र सात छक्काको मद्दतमा ९० रनको योगदान दिएका हुन् ।

यसैगरी अशान फेनान्डोले ५४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा अविजित ५६ रन बनाए भने सानदुन विराकोडीले ३१ रन बनाए । नेपालका लागि सूर्य तामाङ र प्रतिश जिसीले समान दुई/दुई विकेट झारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९७ रनको योगफल बनाएको थियो । नेपालका लागि अर्जुन साउदले सर्वाधिक ७९ रनको योगदान दिए ।

उनले एक सय १३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ७९ रनको योगदान दिएका हुन् । त्यस्तै सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, सोमपाल कामी र करण केसीले समान ११/११ रन जोडे भने पवन सर्राफले १० रन बनाए ।

ब्लूमफिल्डका लागि मलिन्डा परेरा, दिनेश समराविक्रम, निमेश थारुणु र विनिनायाकेले समान दुई/दुई विकेट लिए । अब नेपालले शुक्रबार तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्नेछ ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?