Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

चीनका विदेशमन्त्री किन गाङ पदमुक्त, नयाँ जिम्मेवारी वाङ यीलाई


१० श्रावण, एजेन्सी । एक महिनासम्म सार्वजनिक सम्पर्कभन्दा बाहिर रहेको भनिएका चीनका विदेशमन्त्री किन गाङलाई मङ्गलबार पदबाट हटाइएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार चीनको शीर्ष विधायिकाले किनलाई पदबाट हटाउने र उनको स्थानमा उनभन्दा वरिष्ठ पार्टी नेता वाङ यीलाई नियुक्त गर्ने पक्षमा मतदान गरेको छ ।

किनको अनुपस्थितिले राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका ५७ वर्षीय किन अनुग्रहबाट हटेका थिए वा आधिकारिक अनुसन्धानको अधीनमा थिए भन्ने अड्कलबाजीहरू सुरु भएका छन् ।

चीनको विदेश मन्त्रालयले यसअघि ‘स्वास्थ्यका कारण’ जिम्मेवार रहेको बताए पनि पछिल्लो समय यस सम्बन्धमा प्रतिक्रियाका लागि एएफपीले सम्पर्क गर्दा कुनै जानकारी दिन अस्वीकार गरेको थियो ।

सिन्ह्वाले किनलाई पदबाट हटाउनुको कारण खुलाएको छैन तर सीले उक्त निर्णय लागू गर्न राष्ट्रपतिय आदेशमा हस्ताक्षर गरेको जनाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मङ्गलबार किनका बारेमा पटक–पटक सोधिएको प्रश्नमा आफूसँग ‘कुनै जानकारी नभएको’ र ‘चीनको कूटनीतिक गतिविधि निरन्तर अघि बढिरहेको’ बताए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?