Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

खार्तूममा हवाई आक्रमण, १६ जनाको मृत्यु


१० श्रावण, एजेन्सी । सुडानका युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट मङ्गलबार खार्तुम क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

सुडानमा १०० दिनभन्दा लामो युद्धपछि भएको पछिल्लो बमबारीमा मृत्यु भएकासहित युद्धका कारण देशभर कम्तीमा तीन ९०० जनाको मृत्यु भएको छ ।

खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका घरमा गोलाबारी हुँदा ‘यस मूर्खतापूर्ण युद्धमा आज १६ जना नागरिकको मृत्यु भएको छ,’ खार्तूमको छिमेकमा रहेर काम गर्ने ‘नेइबरहुड ग्रुप’ले भनेको छ । यो सुडानमा रहेका केही लोकतन्त्र समर्थक ‘प्रतिरोध समितिहरू’ मध्ये एक हो । यसले प्याच इन्टरनेट, भूमि लाइनहरू, वा युद्ध सुरु भएदेखि आफ्नो जीवनलाई जोखिममा राखेर अतिआवश्यकीय सामानको आपूर्तिहरूको प्रवन्ध गर्दै आएको छ ।

समितिले एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा पछिल्लो आक्रमणमा हताहत हुनेको सङ्ख्या अझै स्पष्ट नभएको जनाएको छ ।

स्थानीय बासिन्दा मोहम्मद मन्सुरले एएफपीसँग कुरा गर्दै विस्फोटबाट ध्वस्त भएका घरको भग्नावशेषबाट आठ जनाको शव निकाल्न आफूले सहयोग गरेको बताए । “भग्नावशेष नजिकैको घरमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ,” अर्की स्थानीय हागार युसुफले भने ।

सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्यापिड फोर्स आरएसएफका कमाण्डर मोहम्मद हमदान डग्लोबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?