Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

सम्पर्कविहीन चीनका विदेशमन्त्री बर्खास्त, वाङ यीलाई जिम्मेवारी


९ ,श्रावण ,चीन ।  एक महिनादेखि सम्पर्कविहीन रहेका विदेशमन्त्री छिन काङलाई चीन सरकारले बर्खास्त गरेको छ ।चिनियाँ सरकारी टेलिभिजन नेटवर्क सीसीटीभीलाई उधृत गर्दै हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सम्पर्कमा नरहेका विदेशमन्त्री छिनलाई सरकारले बर्खास्त गरेको हो ।

उनको स्थानमा यसअघि विदेशमन्त्रीको भूमिकामा रहेका चिनियाँ वरिष्ठ कूटनीतिज्ञ वाङ यीलाई जिम्मेवारीमा फर्काइएको छ । २५ जुनमा अन्तिमपटक सार्वजनिक रूपमा देखिएका छिन त्यसपछि सम्पर्क विहिन भएका थिए ।

अमेरिकाका लागि चीनका राजदूत रहेका छिन राष्ट्रपति सी जिनपिङका विश्वास पात्र मानिन्थे । उनलाई सीले पार्टीको १४ औं महाधिवेशनपछि महत्वपूर्ण जिम्मेवारी दिएर राजदूतबाट सिधै चीनको विदेशमन्त्रीको जिम्मेवारीमा ल्याएका थिए ।

गएको डिसेम्बरबाट जिम्मेवारी सम्हालेका उनले पछिल्लो समय विभिन्न मुलुकमा कूटनीतिक भ्रमणलाई तीव्रता दिएका थिए ।साथै, लामो समयदेखि रोकिएको अमेरिकी उच्च अधिकारीहरूले समेत चीन भ्रमण गरेका थिए । राष्ट्रपति सीले युक्रेनसँग युद्धमा रहेको रुसको भ्रमण गरेर शान्तिपूर्ण ढंगले समाधान खोज्नुपर्ने सुझाव समेत दिएका थिए ।

कूटनीतिक भ्रमण र भेटमा सक्रिय रहेका विदेशमन्त्री छिनले २५ जुनमा श्रीलंका र रुसका विदेशमन्त्रीहरूसँग भेट गरेका थिए ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?