Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

मोबाइल आयातमा उच्च गिरावट


९ ,श्रावण ,काठमाडौँ । नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको अन्तर्रा‍ष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार  मोबाइल आयातमा १२ अर्ब रुपैयाँ बराबरले गिरावट आएको देखिएको छ ।

आघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब रुपैयाँ भन्दा बढीको फोन भित्रिएकामा गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको मात्रै फोन भित्रिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ३९ लाख ३५ हजार ३६७ थान मोबाइल नेपाल भित्रिएको भन्सारले जनाएको छ । यसका लागि नेपालबाट २६ अर्ब ५१ करोड ४७ लाख २० हजार रुपैयाँ बाहिरएको छ । मोबाइल र टेलिफोन आयातबाट सरकारले ४ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्ष ५५ लाख ८६ हजार ५७८ थान फोन र टेलिफोन उपकरण नेपालले आयात गरेको थियो । जसका लागि ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँ मुलुकबाट बाहिरीएको थियो । गत वर्ष सरकारले फोन र मोबाइलको आयातबाट ६ अर्ब १ करोड ६० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।मोबाइलको आयात घट्नुलाई व्यवसायीहरुले भने आथिक मन्दी र  खुल्ला सीमासँग जोडेर ब्याख्या गरेका छन् ।

नेपाल मोबाइल व्यवसायी महासंघकाअनुसार आर्थिक वर्ष २०७८/७९ मा कोभिड-१९ का असर केही बाँकी रहेका कारण खुला सीमाबाट अवैध आयात कम थियो । वैधानिक आयात बढेका कारण सरकारी राजस्व र मोबाइलको आयात तथ्याङ्‍क पनि बढेको संघका महासचिव रमेशकुमार घिमिरे बताउँछन् । तर, गत वर्ष सबै खुला हुनु, आर्थिक मन्दी पनि देखिनु जस्ता कारणबाट मोबाइलको आयात घटेको हुन सक्ने उनको अनुमान छ ।

‘गत वर्ष चोरी पैठारीबाट पनि धेरै मोबाइल भित्रिए,’ घिमिरे भन्छन्, ‘आर्थिक मन्दी र नेपाल राष्ट्र बैंकले महँगो मोबाइल आयातमा लगाएको रोकका कारण पनि आयात घटेको हुनुपर्छ ।’महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्यकाअनुसार आर्थिक अभावमा बजारमा मोबाइलको बिक्री ५० प्रतिशतसम्म घटेको छ ।

‘पहिले दैनिक १० वटासम्म फोन बिक्री हुने गरेकामा अहिले मुश्किलले ५ वटा बेच्न पनि गाह्रो छ,’ आचार्यले भने, ‘मानिसहरु १२ देखि ३० हजार रुपैयाँसम्मको फोन खरिदमा आउन थालेका छन् । त्यो पनि अति आवश्यक नभई खरिद नै गर्दैनन् ।’उनकाअनुसार मोबाइलका प्रयोगकर्ताहरु सकेसम्म मर्मत सम्भार गरेर काम चलाउनका लागि मात्रै मोबाइल प्रयोग गरिरहेको उनले बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?