Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

मोबाइल आयातमा उच्च गिरावट


९ ,श्रावण ,काठमाडौँ । नेपाल भित्रिने मोबाइल फोनको संख्यामा ठूलो गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको अन्तर्रा‍ष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार  मोबाइल आयातमा १२ अर्ब रुपैयाँ बराबरले गिरावट आएको देखिएको छ ।

आघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब रुपैयाँ भन्दा बढीको फोन भित्रिएकामा गत वर्ष २६ अर्ब रुपैयाँ बराबरको मात्रै फोन भित्रिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ३९ लाख ३५ हजार ३६७ थान मोबाइल नेपाल भित्रिएको भन्सारले जनाएको छ । यसका लागि नेपालबाट २६ अर्ब ५१ करोड ४७ लाख २० हजार रुपैयाँ बाहिरएको छ । मोबाइल र टेलिफोन आयातबाट सरकारले ४ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्ष ५५ लाख ८६ हजार ५७८ थान फोन र टेलिफोन उपकरण नेपालले आयात गरेको थियो । जसका लागि ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँ मुलुकबाट बाहिरीएको थियो । गत वर्ष सरकारले फोन र मोबाइलको आयातबाट ६ अर्ब १ करोड ६० लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।मोबाइलको आयात घट्नुलाई व्यवसायीहरुले भने आथिक मन्दी र  खुल्ला सीमासँग जोडेर ब्याख्या गरेका छन् ।

नेपाल मोबाइल व्यवसायी महासंघकाअनुसार आर्थिक वर्ष २०७८/७९ मा कोभिड-१९ का असर केही बाँकी रहेका कारण खुला सीमाबाट अवैध आयात कम थियो । वैधानिक आयात बढेका कारण सरकारी राजस्व र मोबाइलको आयात तथ्याङ्‍क पनि बढेको संघका महासचिव रमेशकुमार घिमिरे बताउँछन् । तर, गत वर्ष सबै खुला हुनु, आर्थिक मन्दी पनि देखिनु जस्ता कारणबाट मोबाइलको आयात घटेको हुन सक्ने उनको अनुमान छ ।

‘गत वर्ष चोरी पैठारीबाट पनि धेरै मोबाइल भित्रिए,’ घिमिरे भन्छन्, ‘आर्थिक मन्दी र नेपाल राष्ट्र बैंकले महँगो मोबाइल आयातमा लगाएको रोकका कारण पनि आयात घटेको हुनुपर्छ ।’महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्यकाअनुसार आर्थिक अभावमा बजारमा मोबाइलको बिक्री ५० प्रतिशतसम्म घटेको छ ।

‘पहिले दैनिक १० वटासम्म फोन बिक्री हुने गरेकामा अहिले मुश्किलले ५ वटा बेच्न पनि गाह्रो छ,’ आचार्यले भने, ‘मानिसहरु १२ देखि ३० हजार रुपैयाँसम्मको फोन खरिदमा आउन थालेका छन् । त्यो पनि अति आवश्यक नभई खरिद नै गर्दैनन् ।’उनकाअनुसार मोबाइलका प्रयोगकर्ताहरु सकेसम्म मर्मत सम्भार गरेर काम चलाउनका लागि मात्रै मोबाइल प्रयोग गरिरहेको उनले बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?