Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

लगातार दोश्रो दिन पनि घट्यो शेयर बजार


९ श्रावण, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ ।

आज विभिन्न कम्पनी दुई सय ६७ वटा कम्पनीका ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूहको उपसूचक ७२ दशमलव ३० अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७६ दशमलव ४४ र निर्जीवन बीमा समूह एक सय ११ दशमलव १८ अङ्कले घटेको छ ।

त्यस्तै, बैङ्किङ ३७ दशमलव २४, विकास बैंक ८६ दशमलव १३, वित्त ३६ दशमलव ५२, जलविद्युत् २६ दशमलव ६३ र लगानी समूह एक दशमलव ०२ अङ्कले घटेको छ । उत्पादन तथा प्रशोधन समूह १३ दशमलव ३४, लघुवित्त ३६ दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार तीन दशमलव ८७ र अन्य समूह २७ दशमलव ९९ अङ्कले घटेको छ ।

आज किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नबिल डिबेन्चर–२०८५ को मूल्य ६ दशमलव ८७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रु १५ करोड २७ लाख ७९ हजार ७४ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख १८ हजार दुइ सय आठ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?