Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

व्यवसायिक भवन भत्किँदा ३७ जनाले ज्यान गुमाए


९ श्रावण, एजेन्सी । क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित एउटा चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जना घाइते भएका छन् । भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो ।

शनिबार र आइतबार राति उक्त घटना भएको क्षेत्रीय गभर्नरले एएफपीलाई बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । मृतकको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै उनले खोजी जारी रहेको बताएका छन् ।

स्थानीय अस्पतालका अनुसार भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ । ती मध्ये एक तीन वर्षीया बालिका र १९ वर्षकी युवतीको मृत्यु भएको छ ।

भवन भत्केको खबर पाउने वित्तिकै घटनास्थल पुगेका एक जना समाजसेवीले एउटा शिशुलाई बिना कुनै चोटपटक सकुशल उद्धार गरिएको बताएका छन् ।

घटनास्थल पुगेको क्यामरुनका शहरी विकासमन्त्री सेलेष्टिन केचा कुर्टेसले भत्केको भवनका मालिकले बिना अनुमति घर बनाएको बताइन् ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?