Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

अमेरिकाको अनुरोध बेवास्ता गर्दै इजरायलमा विवादास्पद न्यायिक प्रणाली परिमार्जन विधेयक पारित


९ श्रावण, एजेन्सी । इजरायली सांसदहरूले देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने विवादास्पद योजनाको मुख्य विधेयक पारित गरेका छन् ।

मतदान अघि सबै ५६ जना विपक्षी सांसदले विधेयकका प्रतिलिपिहरू च्यात्नका साथै त्यसको विरोधमा नारा लगाएर मतदान बहिष्कार गरेका थिए । विधेयकको जेरुसेलम र तेल अविभमा पनि विरोध प्रदर्शन भएका छन् ।

मतदानपछि संसद्लाई सम्बोधन गर्दै न्याय मन्त्री यारिभ लेभिनले न्यायिक प्रणालीलाई सुधार गर्ने र सरकारलाई शक्ति फिर्ता गर्ने ऐतिहासिक प्रक्रियाको पहिलो चरण भन्दै त्यसको स्वागत गरेका छन् ।

संसद् भवन बाहिर हजारौँ प्रदर्शनकारीले इजरायली झण्डा फहराउँदै जुलुस निकालेका थिए । प्रहरीले पानीको फोहोरा हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेको थियो । विरोधका क्रममा  कम्तीमा १९ जनालाई पक्राउ गरिएको छ ।

लगातार २९ हप्तासम्म भएको विरोध प्रदर्शनका बाबजुद विधेयक पारित भएकोमा आम नागरिक आक्रोशित भएका छन् । इजरायलको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाले पनि विधेयक रोक्न गरेको अनुरोधलाई बेवास्ता गरिएको छ ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?