Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

पाँच वर्षपछि युनेस्कोमा फेरि फहराउँदै अमेरिकी झण्डा


९ श्रावण, एजेन्सी । पेरिसस्थित राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को)को प्रधानकार्यालयमा अमेरिकाको राष्ट्रिय झण्डा भोलिदेखि पुनः फहराउने भएको छ ।

प्रथम महिला जिल बाइडेनले देशको झण्डा फहराउँदै आफ्ना पतिका तर्फबाट विशिष्ट व्यक्तिमाझ अमेरिकी धारणा प्रस्तुत गर्नेछिन् । युनेस्कोमा अमेरिकाको पुनःफिर्ती कार्यक्रमलाई सम्बोधन गर्न छोरी आस्लेका साथ राष्ट्रपति जो बाइडेनको दूत बनेर प्रथम महिला जिल सोमबार अपराह्न पेरिस पुगिसकेकी छन् । भर्जिनिया सामुदायिक कलेजकी अङ्ग्रेजीकी अध्यापिका जिल युनेस्कोका लागि उपयुक्त पात्र भएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपतिको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकबाट प्रारम्भ भएको उहाँको अन्तरराष्ट्रिय भ्रमण बेलायतका राजारानीको शुभराज्याभिषेक, जोर्डनका युवराजको विवाहपछि युनेस्कोमा पुगेको छ । शिक्षा, विज्ञान र संस्कृतिका क्षेत्रमा विश्वव्यापी साझेदारी र सहकार्य गर्ने युनेस्कोले विश्वका पुरातात्विक एवम् ऐतिहासिक सम्पदालाई अनन्तकालसम्म संरक्षण गर्नुपर्ने स्मारक एवम् सम्पदास्थललाई विश्व सम्पदा सूचीमा समावेशसमेत गर्दै आएको छ ।

हालै ओडेसाको गिर्जाघर र युक्रेनका अन्य सम्पदास्थलमा रुसले गरेको आक्रमणको निन्दा गरेको उक्त राष्ट्रसङ्घीय निकायले क्षतिको अनुगमन गर्न चाँडै नै विज्ञहरूको टोली परिचालन गर्ने बताएको छ । गत वर्ष ओडेसाको क्याथेड्रललाई विश्वसम्पदा सूचीमा समावेश गरिएको थियो । रुसले विश्वसम्पदा सूचीमा रहेका स्थानमा आक्रमण नगर्ने प्रतिबद्धता पालना नगरेकामा युनेस्कोले मस्कोको ध्यानाकर्षण गराएको छ ।

बुधबार वासिङ्टन फर्कनुअघि प्रथम महिलाले विश्व सम्पदा सूचीमा रहेको एक हजार वर्ष पुरानो बेनिडिक्टिन विहारको भ्रमण गर्नुहुनेछ । उक्त विहार सन् १९७९ मा विश्वसम्पदा घोषित भएको हो ।

युनेस्को इजरायलविरुद्ध पक्षपाती रहेको दाबी गर्दै रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिका युनेस्कोबाट बाहिरिएको हो । एक सय ९३ सदस्यीय युनेस्कोमा अमेरिकी अनुपस्थितिले चिनियाँ चासो प्रवद्र्धनमा बल पुग्ने ठानेर उसलाई सन्तुलनमा राख्न त्यस संस्थामा पुनः सम्मिलित हुने निर्णय बाइडेन प्रशासनले गत महिना गरेको हो ।

यसै महिनाको प्रारम्भमा युनेस्कोको कार्यकारी परिषद्ले सङ्गठनमा पुनः सामेल हुन अमेरिकाले गरेको आवेदन एक सय ३२ मतले पारित गरेको थियो ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?