Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

युक्रेनद्वारा क्रिमियाको गोलाबारुद भण्डारमा आक्रमण


८ श्रावण, एजेन्सी । युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताएका छन् ।

“क्रिमियाको आकाशमा ११ वटा मानवरहित विमान (युएभी) लाई युक्रेनी वायु सेनाले गोली हानेर खसालेको छ, साथै युक्रेनी प्रतिरक्षा बलले उक्त क्षेत्रलाई नियमित निगरानीमा राखेको छ,” सर्गेई अक्स्योनोभले टेलिग्राममा भनेका छन् ।

आक्रमण झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो ।

उनले आक्रमणबाट भएको क्षतिबारे विस्तृत विवरण भने दिएनन् ।

उनले आक्रमणका कारण क्रिमियाको किरोभस्की जिल्लामा एक निजी घरमा क्षति पुगेको र आपतकालीन सेवा घटनास्थलमा रहेको बताए ।

सन् २०१४ मा रूसले कब्जा गरेको क्रिमियालाई मस्कोको युक्रेन आक्रमणको क्रममा कीभले निशाना बनाएको थियो तर पछिल्ला हप्ताहरूमा यो आक्रमण अझ तीव्र र बढ्दो अवस्थामा रहेको युक्रेनी अधिकारीले बताएका छन् ।

कीभले क्रिमियालाई फिर्ता लिने योजना रहेको बताउँदै आएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?