Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

चार जना प्रहरीको गोली हानी हत्या


८ श्रावण, एजेन्सी । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानमा पाकिस्तानसँग सीमा जोडिएको अशान्त क्षेत्रमा आइतबार आक्रमणकारीले गस्तीमा गोली चलाउँदा चार जना इरानी प्रहरीको मृत्यु भएको छ ।

सरकारी समाचार संस्था आईआरएनएका अनुसार प्रहरीको गस्ती टोलीमाथि भएको ‘आतङ्कवादी’ आक्रमणमा परी तीन जना प्रहरी मारिएका छन् ।

सरकारी टेलिभिजनका अनुसार चौथो व्यक्तिको उपचारका क्रममा पछि अस्पतालमा मृत्यु भएको थियो ।

आक्रमणको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।

गरिब सिस्तान–बलुचिस्तान प्रान्तमा भएको अशान्तिमा लागुऔषध तस्करी गर्ने गिरोह, बलुची अल्पसङ्ख्यकका विद्रोही र सुन्नी मुस्लिम अतिवादी समूह संलग्न छन् ।

गत जुलाई ८ मा जिहादी जैश अल–अदल समूहले गरेको आक्रमणका क्रममा उक्त प्रान्तमा दुई प्रहरी र चार आक्रमणकारीको मृत्यु भएको थियो ।

गत मे महिनामा सिस्तान–बलुचिस्तानको प्रान्तीय राजधानी जाहेदानको दक्षिणपूर्वमा रहेको सरवनमा सशस्त्र समूहसँग भएको झडपमा पाँच जना इरानी सीमा रक्षकको मृत्यु भएको थियो ।

सरकारी सञ्चारमाध्यमका अनुसार उक्त आक्रमण ‘देशमा घुसपैठ गर्न खोज्ने एक आतङ्ककारी समूहले’ गरेको थियो तर उसका सदस्यहरू घाइते भएपछि घटनास्थलबाट भागेका थिए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?