Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

गत आवमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु


८ ,श्रावण ,चितवन । गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन ।

उनीहरुलाई जनही रु १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् ।

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ भने सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार एक सय २८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए ।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात , भालुको आक्रमणबाट सात , जङ्गली बदेलको आक्रमणबाट छ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

यस्तै जङ्गली जनावरका कारण दुई सय ३४ पशुधन क्षति भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ ।

यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । यस्तै सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए । जसको क्षतिबापत रु दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ ।

यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार छ सय २५ भुक्तानी गरेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण आठ सय ५६ घटना भएका छन् ।

यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?